२० आश्विन २०८३, मंगलबार | October 6, 2026

भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा झडप



बेलाबेलामा सीमा क्षेत्रमा सैनिकहरुबीच तनावपूर्ण सम्बन्ध झेल्दै आएका भारत र चीनबीच फेरि तनाव बल्झिएको छ ।

भारत र चीनका सैनिकहरुबीच भारतको पूर्वोत्तर प्रदेश सिक्किमको नाथुला बोर्डर क्षेत्रमा शनिबार झडप भएको छ ।झडपमा दुवैतर्फका ११ सैनिक घाइते भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

समाचारमा बताइएअनुसार दुवै पक्षको बीचमा विवाद बढ्दै गएपछि झडप भएको थियो । जसमा जसमा चार भारतीय र सात चिनियाँ सैनिक घाइते भएका छन् । तर, दुवै देशका सैन्य कमाण्डरहरुको सुझवुझपछि विवाद समाधान भएको थियो । यो विवादमा एक सय ५० सैनिक सामेल भएका थिए । लामो समयको विवादपछि दुवैतर्फका सेनाहरू आफ्नो पोस्टमा फर्किएका थिए ।

सीमा क्षेत्रमा दुई देशका सैनिकहरुबीच तनाब भए पनि त्यो तनाबमा हतियार भने प्रयोग हुँदैन । एक अर्काले धकेला धकेल र मुक्काबाजी चल्ने गर्छ । भारत र चीनको सीमाक्षेत्रमा बेलाबेलामा तनाव हुने गरेको छ ।

सन् २०१७ मा भारतले तिब्बत भुटान सीमा क्षेत्रको दोक्लाममा आफ्ना सेना पठाएपछि चीन र भारतबीच ७२ दिनसम्म कुटनीतिक र सैन्य तनाब उत्पन्न भएको थियो ।

भारतले आफ्नो सीमा भित्र सेना पठाएको भन्दै चीनले भारतीय सेना फिर्ता नभए सैन्य आक्रमणसम्मको चेतावनी नै दिएको थियो । भारतले पूर्वोत्तर भारतको सिलगुढी क्षेत्रस्थित चिकन नेक जोगाउने नाममा भुटानको सीमा हुँदै चिनिया सीमाभित्र सेना पठाएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  २ : ०७ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११