१८ श्रावण २०८३, सोमबार | August 3, 2026

नेपाली भूमि अतिक्रमण विरुद्ध शान्ति समाजको वुटवलमा प्रदर्शन



बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले भारतले नेपाली भूमि अतिक्रमण गरेको विरुद्ध बुटवलमा बिरोध प्रदर्शन गरेको छ ।

समाजले बुटवलको अस्पताल लाइनमा दिउसो सवा २ देखि पौने ३ बजेसम्म सामाजिक दुरी कायम गरी प्ले कार्ड सहित प्रदर्शन गरेको हो ।
सो अवसरमा बोल्दै शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनालले लिपुलेक सडक निर्माण तत्काल रोक्नुपर्ने र लिपुलेक सहितको नेपालको नक्सा सार्वजनिक गर्न नेपाल सरकारले ठोस पहल हुनुपर्ने बताउनुभयो ।

कुनैपनि देशको राष्ट्रियता, अखण्डता, एकता र सद्भावमा अर्काे देशले खलल पुर्याउने गतिविधि अन्तराष्ट्रिय कानुनको बिरुद्धमा हुने उहाको भनाइ छ । रुपन्देही सभापति धनपति खनाल (डीपी)ले भारतीय सेना कालापानीबाट फिर्ता हुनुपर्ने बताउनुभयो ।

बिरोध प्रदर्शनमा समाजका केन्द्रिय सदस्य लालप्रसाद (कृष्ण) पंगेनी, अधिकारकर्मीहरु लालहरी पाण्डेय, समाजका जिल्ला सचिब अर्जुन ज्ञवाली सहसचिब कपिल ज्ञवाली,सदस्यहरु धनकुमारी खनाल,कृष्ण पाण्डे,पत्रकारहरु भरत केसी, विक्रम खड्का, विश्वास ढकाल, श्याललाल पोखरेल लगायतको सहभागिता रहेको थियो ।

विरोध प्रदर्शनका क्रममा लिपुलेक सडक निर्माण तत्काल रोक, लिपुलेक सहितको नेपालको नक्सा सार्वजनिक गर, नेपाली भुमि संरक्षण गर, सीमा अतिक्रमण अपराध हो, सार्वभौमिकता संरक्षण गर, नेपाल सरकार स्वेतपत्र जारी गर, भारतीय सेना कालापानीबाट फिर्ता गर, दुई देशका नागरिक स्तरको सद्भाव कायम गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

यसैगरी मानव अधिकार तथा शान्ति समाजले भारतले गरेको नेपाली भूमि अतिक्रमण विरुद्ध भोली २०७७ वैशाख ३० गते मंगलबार दिउसो १२ बजे भारतीय दुतावास लैनचौर खानी विभाग अगाडि धर्ना प्रदर्शन आयोजना गर्ने जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ४ : २३ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं