२६ आश्विन २०८३, सोमबार | October 12, 2026

कोरोना उद्गमस्थल चीनको वुहानका सबै नागरिकको पुनः स्वास्थ्य परीक्षण हुने



कोरोना भाइरसको सुरुवात भएको चीनको वुहान शहरका सबै नागरिकको पुनः कोरोना परीक्षण हुनेभएको छ ।

चीनको हुपेइ प्रान्तमा पर्ने वुहान शहरबाट कोरोना भाइरस ‘कोभिड १९’ फैलिन सुरुभएको थियो ।

कोरोनाको दोस्रो लहर अझ खतरनाक हुनसक्ने विज्ञहरुले चेतावनी दिएपछि चीनले वुहानमा रहेका सबै नागरिकको कोरोना परीक्षण गर्ने तयारी गरेको हो ।

सबैको स्वास्थ्य परीक्षण दश दिनभित्रमा सकिने चिनियाँ संचारमाध्यमले जनाएका छन्। वुहानमा एक करोड १० लाख जनसंख्या छ।

कोरोना भाइरसको युद्धमा विजय प्राप्त गरेपछि वुहानसहित चीनको जनजीवन भने यतिबेला सामान्य बनिसकेको छ। गत डिसेम्बर महिनामा कोरोनाको महामारी देखिएपछि चीनले वुहानमा ७६ दिनसम्म लकडाउन गरेको थियो।

कोरोनाको प्रभाव घटेसँगै अप्रिल ८ देखि चीनका प्राय सबै शहर खुला छन्। कोरोनाका कारण हुने मृत्युको घटना पनि रोकिएको छ।

-एजेन्सी

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १ : ४५ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई