१५ चैत्र २०७९, बुधबार | March 29, 2023

लकडाउनपछि खुलेको सेयर बजारमा समयअगावै नेगेटिभ सर्किट ब्रेक



काठमाडौं । लकडाउन लागू भएपछि पहिलोपटक खुलेको शेयर बजारमा निर्धारित समय अघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ ।

लकडाउनका कारण अर्थतन्त्रमा समस्या परेको र शेयर बाजरमा उच्च गिरावट हुने अनुमान सहित नियामक निकाय धितोपत्र वोर्डले परिसूचक नेप्सेमा दुई प्रतिशत तलमाथि भए कारोबार बन्द गर्ने नयाँ व्यवस्था लागू गरेको थियो ।

सोही व्यवस्था अनुसार दुई घण्टाका लागि खोलिएको बजारमा १ घण्टा २३ मिनेट सम्म कारोबार हुँदा नेप्सेमा नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । नेप्से २ दशमलव शुन्य २ प्रतिशतले घटेपछि आजका लागि कारोबार स्थगित भएको हो ।

डेढ महिनापछि खुलेको बजारमा नेप्से परिसूचक २५ अंक अर्थात २ दशमलव शुन्य २ प्रतिशतले घटेर १ हजार २ सय २६ दशमलव १५ अंकमा बन्द भएको छ ।

सेन्सेटिभ परिसूचक पनि १ दशमलव ९९ प्रतिशतले घटेको छ । बजारमा ८७ कम्पनीको २ सय ९१ कारोबारबाट १० करोड ४३ लाख ७२ हजार ६ सय ४६ रुपैयाँको १ लाख ६ हजार ३ सय १२ कित्ता शेयर कारोबार भएको छ ।

सबैभन्दा बढी घट्ने समूहमा बैंकिङ, जीवन बीमा र अन्य समूह रहेका छन् । सबैभन्दा धेरै कारोबार नागरिक लगानी कोषको ८ करोड ८८ ला ५७ हजार रुपैयाँ बढीको भएको छ ।

कारोबारमा आएका कुनै पनि कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छैन भने जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै २२ दशमलव ३८ प्रतिशतले गुमाएका छन् ।

सबैभन्दा धेरै कारोबार भएको नागरिक लगानी कोषका शेयरधनीले पनि झण्डै ३ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ३ : ५८ बजे

माओवादी र एकीकृत समाजवादीमा इमान्दार कार्यकर्ता धेरै छन् : एमाले अध्यक्ष ओली

बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा, भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी सत्तारुढ गठबन्धनले

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु

काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि

खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने भएको

मन्त्रालय भागवण्डामा सहमति जुटाउन बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

काठमाडौं । मन्त्रालय बाँडफाँटबारे सहमति जुटाउन सत्ता गठबन्धनका दलहरुको बैठक