२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

अस्पतालमै छमछमी नाच्ने संक्रमित कोरोना भाइरस मुक्त



बुटवल । अस्पतालको आईसोलेसन कक्षमा नै छमछमी नाचेर चर्चा कमाएका रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा कोरोना भाइरस मुक्त भएकाछन् । उनलाई आजै सांझ डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

गएको शुक्रवार र सोमबारको दुबै रिर्पोट नेगेटिभ आएपछि उनलाई आजै डिस्चार्ज गरिने लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिनुभयो ।

वैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका उनलाई कोरोना देखिएपछि वैशाख १९ गते अस्पतालमा भर्ना गरिएको थियो । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्ष युवालाई रिपोर्ट पाजिटिभ देखिएपनि उनलाई कोरोनाको कुनै लक्षण देखिएको थिएन ।

रुपन्देहीमा अहिलेसम्म १७ जना कोरोना संक्रमित छन । अस्पतालमा रुपन्देही र कपिलवस्तुका २२ जनाको आइसोलेनसमा राखेर उपचार भइरहेको छ । अस्पतालमा एक्लै भएपनि उनी नृत्य गरेको भिडियो समेत भाइरल बनेको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : ०० बजे

बाँकेमा एमाले उम्मेदवार मोहम्मद इस्तियाक राइको अग्रता कायम, पछ्याउँदै शुधान्सु

नेपालगन्ज। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर २ मा जारी

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले सुरुवाती अग्रता

बाँकेमा एमाले उम्मेदवार मोहम्मद इस्तियाक राइको अग्रता कायम

नेपालगन्ज। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर २ मा जारी

मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उपसभापति

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । रुपन्देही २ मा रास्वपाका सुलभ खरेलले अग्रतालाई फराकिलो