४ पुस २०८२, शुक्रबार | December 20, 2025

अस्पतालमै छमछमी नाच्ने संक्रमित कोरोना भाइरस मुक्त



बुटवल । अस्पतालको आईसोलेसन कक्षमा नै छमछमी नाचेर चर्चा कमाएका रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा कोरोना भाइरस मुक्त भएकाछन् । उनलाई आजै सांझ डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

गएको शुक्रवार र सोमबारको दुबै रिर्पोट नेगेटिभ आएपछि उनलाई आजै डिस्चार्ज गरिने लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिनुभयो ।

वैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका उनलाई कोरोना देखिएपछि वैशाख १९ गते अस्पतालमा भर्ना गरिएको थियो । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्ष युवालाई रिपोर्ट पाजिटिभ देखिएपनि उनलाई कोरोनाको कुनै लक्षण देखिएको थिएन ।

रुपन्देहीमा अहिलेसम्म १७ जना कोरोना संक्रमित छन । अस्पतालमा रुपन्देही र कपिलवस्तुका २२ जनाको आइसोलेनसमा राखेर उपचार भइरहेको छ । अस्पतालमा एक्लै भएपनि उनी नृत्य गरेको भिडियो समेत भाइरल बनेको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको