११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

सिमामा अलपत्र परेका नेपालीलाई लिन सिमाना पुगे रुपन्देहीका २ नगरप्रमुख



बुटवल । भारतीय क्वारेन्टाईनमा २१ दिन बिताएर नेपाल पठाईएका नेपालीहरुलाई लिन रुपन्देहीका २ जना नगर प्रमुख सिमा नाकाको बलहिया नै पुगेकाछन् । लकडाउनका कारण नेपाल भारत सिमाक्षेत्र सुनौलीमा अलपत्र परेका नेपालीहरुलाई लिन तिलोत्तमा नगरपालिकाका र सिद्धार्थ नगरनगरपालिकाका नगरप्रमुख तथा उप प्रमुखको टोली बेलहिया पुगेका थिए।

उनीहरुलाई उद्धारगरी सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाका बिभिन्न क्वारेन्टाईनमा राखिने ती नगरपालिकाले जानकारी दिएको छ ।

आज ५ सय १० जना नेपालीहरुलाई नेपाल ल्याईएको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमीरेले बताउनु भयो ।

नेपाल ल्याईएका मध्ये २ सय ३३ जनालाई तिलोत्तमा नगरपालिकाका २ वटा क्वारेन्टाईनमा राखिने छ भने बांकी २ सय ७७ जनालाई सिद्धार्थ नगरपालिकाका २ वटा क्वारेन्टाईनमा राखिने छ ।

भारतका बिभिन्न स्थानबाट नेपाल फर्केर भारतीय सिमावर्ती सुनौलीमा १ हजार २ सय बढी नेपाली रहेपनि क्वारेन्टाईनको ब्यवस्थापन हुन नसक्दा अहिलेलाई ५ सय १० जना मात्र ल्याउन घिमीरेले बताउनु भयो।
तिलोत्तमा नगरपालिकामा ल्याईएका २ सय ३३ जना मध्ये शंकरनगर सारदा उच्च माध्यमिक बिद्यालयको क्वारेन्टाईनमा ३३ जना र मधवलिया स्थीत मधवलिया माध्यमिक बिद्यालयको क्वारेन्टाईनमा र २ सय जना राखिने नगरप्रमुख घिमिरेले बताउनु भयो ।

अन्य २ सय ७७ जनालाई सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा रहेको रुपन्देही लिलाराम माध्यमिक बिद्यालय र वडा नं ५ मा रहेको भैरहवा माध्यमिक बिद्यालयको क्वारेन्टाईनमा राखिने सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमादेवी काफ्लेले जानकारी दिनुभयो ।

नेपाल ल्याईएका सबैको बुधवार बिहानबाट स्वाव संकलन गरिने बताईएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार उद्धार गरेर नेपाल ल्याईएका ५ सय १० जना कति अवधी क्वारेन्टाईनमा बस्ने भने उनीहरुको पिसिआर रिर्पोटका आधारमा निर्धारण हुने छ ।

मुम्बईबाट आई नौतनहवा स्थीत मोर्डन एकेडेमी स्कुलको क्वारेन्टाईनमा रहेका ८२ जनामध्ये एकजना २५ वर्षिय युवामा कोरोना पोजेटिभ देखिएको महाराजगंज जिल्लाका चिकित्सक उज्जवल कुमारले बताउनुभएको छ ।

त्यहां रहेका अधिकांश व्यक्तिहरु गुल्मी, पाल्पा अर्घाखाँची, स्याङजा, रुपन्देही लगायत जिल्लाका रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : ४४ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि