१५ माघ २०८२, बिहिबार | January 30, 2026

सिमामा अलपत्र परेका नेपालीलाई लिन सिमाना पुगे रुपन्देहीका २ नगरप्रमुख



बुटवल । भारतीय क्वारेन्टाईनमा २१ दिन बिताएर नेपाल पठाईएका नेपालीहरुलाई लिन रुपन्देहीका २ जना नगर प्रमुख सिमा नाकाको बलहिया नै पुगेकाछन् । लकडाउनका कारण नेपाल भारत सिमाक्षेत्र सुनौलीमा अलपत्र परेका नेपालीहरुलाई लिन तिलोत्तमा नगरपालिकाका र सिद्धार्थ नगरनगरपालिकाका नगरप्रमुख तथा उप प्रमुखको टोली बेलहिया पुगेका थिए।

उनीहरुलाई उद्धारगरी सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाका बिभिन्न क्वारेन्टाईनमा राखिने ती नगरपालिकाले जानकारी दिएको छ ।

आज ५ सय १० जना नेपालीहरुलाई नेपाल ल्याईएको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमीरेले बताउनु भयो ।

नेपाल ल्याईएका मध्ये २ सय ३३ जनालाई तिलोत्तमा नगरपालिकाका २ वटा क्वारेन्टाईनमा राखिने छ भने बांकी २ सय ७७ जनालाई सिद्धार्थ नगरपालिकाका २ वटा क्वारेन्टाईनमा राखिने छ ।

भारतका बिभिन्न स्थानबाट नेपाल फर्केर भारतीय सिमावर्ती सुनौलीमा १ हजार २ सय बढी नेपाली रहेपनि क्वारेन्टाईनको ब्यवस्थापन हुन नसक्दा अहिलेलाई ५ सय १० जना मात्र ल्याउन घिमीरेले बताउनु भयो।
तिलोत्तमा नगरपालिकामा ल्याईएका २ सय ३३ जना मध्ये शंकरनगर सारदा उच्च माध्यमिक बिद्यालयको क्वारेन्टाईनमा ३३ जना र मधवलिया स्थीत मधवलिया माध्यमिक बिद्यालयको क्वारेन्टाईनमा र २ सय जना राखिने नगरप्रमुख घिमिरेले बताउनु भयो ।

अन्य २ सय ७७ जनालाई सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा रहेको रुपन्देही लिलाराम माध्यमिक बिद्यालय र वडा नं ५ मा रहेको भैरहवा माध्यमिक बिद्यालयको क्वारेन्टाईनमा राखिने सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमादेवी काफ्लेले जानकारी दिनुभयो ।

नेपाल ल्याईएका सबैको बुधवार बिहानबाट स्वाव संकलन गरिने बताईएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार उद्धार गरेर नेपाल ल्याईएका ५ सय १० जना कति अवधी क्वारेन्टाईनमा बस्ने भने उनीहरुको पिसिआर रिर्पोटका आधारमा निर्धारण हुने छ ।

मुम्बईबाट आई नौतनहवा स्थीत मोर्डन एकेडेमी स्कुलको क्वारेन्टाईनमा रहेका ८२ जनामध्ये एकजना २५ वर्षिय युवामा कोरोना पोजेटिभ देखिएको महाराजगंज जिल्लाका चिकित्सक उज्जवल कुमारले बताउनुभएको छ ।

त्यहां रहेका अधिकांश व्यक्तिहरु गुल्मी, पाल्पा अर्घाखाँची, स्याङजा, रुपन्देही लगायत जिल्लाका रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : ४४ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला