५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बाली लगाउनु अघि नै किसानको नाफा सुनिश्चित गरिने



काठमाडौं । किसानले बाली लगाउनुअघि नै उसको नाफा सुनिश्चित गर्ने नीति सरकारले ल्याएको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले किसानको बाली संरक्षण गर्ने नीति सार्वजनिक गर्नुभएको हो । राष्ट्रपति भण्डारीले बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने बताउनुभयो । कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने बताउनुभयो ।

नीति तथा कार्यक्रममा आगामी १० वर्षमा कृषिको उत्पादकत्व दोब्बर बनाउन आधुनिकीकरण र व्यवसायिक कृषि अभ्यासको योजना ल्याउने उल्लेख गरिएको छ । कृषियोग्य भूमिको पूर्ण परिचालन गर्ने, रासायनिक मल र उन्नत जातको बीऊको वितरण स्थानीय तहमार्फत गर्ने सरकारको नीति छ ।

स्थानीय तहमा बीऊ, नश्ल सुधार, बजारीकरणको इकाइ बनाइने, कृषि उपजको मूल्य श्रृङ्खलामा कृषि तथ्यांक एकीकृत गरिने, खाद्य स्वच्छता प्रर्वद्र्धन गर्ने, कृषि भूमिको सदुपयोग गरी भूमि बैंकको व्यवस्था गर्ने र चक्लाबन्दी खेतीमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै आधुनिक यन्त्रीकरणमार्फत कृषि उत्पादन बढाउने, स्वदेशी उत्पादन प्रयोगमा जोड दिने, कृषि प्रशोधन केन्द्र खोलेर कृषि उपज निर्यातमा प्रोत्साहन गर्ने योजना पनि नीति तथा कार्यक्रममा ल्याइएको छ ।

स्थानीय तहमार्फत करार खेतीमा प्रोत्साहन गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परिमार्जन गरेर लागू गर्न र राष्ट्रिय आवश्यकता र स्थानीय उत्पादनको आधारमा ठूलो क्षेत्रमा एकै खाले उत्पादनमा जोड दिने, अन्य परियोजनासंंग दोहोरो नपर्ने गरी काम गर्ने सरकारको नीति छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ६ : ४२ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको