५ श्रावण २०८३, मंगलबार | July 21, 2026

काभ्रेमा तीन दिन मात्रै बैंक तथा वित्तीय संस्था खुल्ने



काभ्रे । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले अब काभ्रेपलाञ्चोकमा बैंक तथा वित्तीय र सहकारी संस्था हप्ताको तीन दिन मात्रै सञ्चालन गर्न लगाउने निर्णय गरेको छ ।

कोरोना भाइरसको जोखिम हुन नदिन अब जिल्लाका ती क्षेत्र आइतबार ,मङ्गलबार र शुक्रबार मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

यसअघि पनि हप्ताको तीन दिन मात्रै खोल्ने गरेको बैंक तथा वित्तीय संस्था बन्दाबन्दीमा आवतजावत अलि खुकुलो पारेसँगै गत वैशाख २१ गतेबाट दैनिक दुई घण्टा खोल्ने गरेको थियो ।

अब पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमण फैलिँदै गएपछि त्यसको रोकथाम र नियन्त्रणको अवस्थालाई मध्यनजर गर्दै पुनः तीन दिन मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ३ : ०० बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको