४ पुस २०८२, शुक्रबार | December 20, 2025

बांकेको क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु



नेपालगञ्ज । क्वारेन्टाईनमा रहेका एकनाको मृत्यु भएपछि बांकेको नरैनापुरमा रहेको क्वारेन्टाईनमा रहेकाहरुमा त्रास फैलिएको छ । बाँकेको नरैनापुरमा रहेको क्वारेन्टाइनमा रहेका एक युवाको गयराती मृत्यु भएको छ ।

स्थानीय दिपेन्द्र मावि भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमूना)ले जानकारी दिनुभएको छ । ती युवालाई राती एक्कासी वान्ता भएको र आज बिहान साढे ६ बजेतिर क्वारेन्टाइनमा मृत्यु भएको उहांले बताउनु भयो । मृत्युको कारण अहिले सम्म खुल्न नसकेको उहांले बताउनु भयो ।

उनी गत बैशाख ३० गते मात्र भारतबाट आएर उक्त क्वारेन्टाइनमा बसेका थिए । शुक्रबार नरैनापुरका ८ जनामा कोरोना पुष्टी भएपछि शनिबार मात्रै त्यहाँका २ सय ६३ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि नेपालगञ्ज ल्याइएको थियो । २ सय ६३ जना मध्ये मृत्यु भएका युवाको समेत स्वाब संकलन भएको प्रदेश सांसद नमुनाले जानकारी दिनुभयो । स्वाबको रिपोर्ट आएपछि मात्रै के कारणले मृत्यु भएको भन्ने खुल्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले घटनाबारे जानकारी आए लगत्तै फिल्डमा स्वास्थ्य टोली हिडिसकेको जानकारी दिनुभयो । अहिले मृत्यु भएका युवाको शवंलाई क्वारेन्टाइन स्थलमा नै राखिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ९ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको