११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

बांकेको क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु



नेपालगञ्ज । क्वारेन्टाईनमा रहेका एकनाको मृत्यु भएपछि बांकेको नरैनापुरमा रहेको क्वारेन्टाईनमा रहेकाहरुमा त्रास फैलिएको छ । बाँकेको नरैनापुरमा रहेको क्वारेन्टाइनमा रहेका एक युवाको गयराती मृत्यु भएको छ ।

स्थानीय दिपेन्द्र मावि भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमूना)ले जानकारी दिनुभएको छ । ती युवालाई राती एक्कासी वान्ता भएको र आज बिहान साढे ६ बजेतिर क्वारेन्टाइनमा मृत्यु भएको उहांले बताउनु भयो । मृत्युको कारण अहिले सम्म खुल्न नसकेको उहांले बताउनु भयो ।

उनी गत बैशाख ३० गते मात्र भारतबाट आएर उक्त क्वारेन्टाइनमा बसेका थिए । शुक्रबार नरैनापुरका ८ जनामा कोरोना पुष्टी भएपछि शनिबार मात्रै त्यहाँका २ सय ६३ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि नेपालगञ्ज ल्याइएको थियो । २ सय ६३ जना मध्ये मृत्यु भएका युवाको समेत स्वाब संकलन भएको प्रदेश सांसद नमुनाले जानकारी दिनुभयो । स्वाबको रिपोर्ट आएपछि मात्रै के कारणले मृत्यु भएको भन्ने खुल्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले घटनाबारे जानकारी आए लगत्तै फिल्डमा स्वास्थ्य टोली हिडिसकेको जानकारी दिनुभयो । अहिले मृत्यु भएका युवाको शवंलाई क्वारेन्टाइन स्थलमा नै राखिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ९ : ०६ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि