१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

इनरह्लि क्लब अफ बुटवलद्धारा २५ विपन्न घर परिवारलाई राहत प्रदान



बुटवल । बुटवल ११ न्यू दुर्गानगरमा अवस्थित मायादेवी महिला समुहमा आवद्ध २५ विपन्न घर परिवारलाई इनरह्लि क्लब अफ बुटवलले राहात प्रदान गरेको छ ।

ज्याला मजदुरी गरेर दैनिकी चलाउदै आएका यो परिवारलाई लकडाउनले गर्दा काम गर्न नपाएपछि विहान साझको चुलो बाल्न धौधौ परेको हो । ईनरह्लि क्लव अफ बुटवलले कोरोना भाइरस नियनत्रणका लागि नेपाल सरकारको निर्णय लकडाउन को पालना गर्दै घर भित्रै बस्नु परेकाले ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने परिवार खानाबाटै बन्चित हुनु परेको समाचार संचारमाध्यममा आएपछि यस्ता परिवारको खोजि गरि सहयोग गर्ने निर्णय गरेको क्लबका अध्यक्ष प्रमीला श्रेष्ठले बताउनुभयो ।

स्वार्थ भन्दा माथि सेवाको भाव भन्ने नारासंगै विभिन्न सामाजिक कार्य गर्दै आएको र यो कोरोना संकटको बेला पनि आफूहरु मानविय सेवामा जुटेको अध्यक्ष श्रेष्ठले भन्नुभयो । ईनरह्लि क्लव अफ बुटवलको आर्थिक सहयोग र दलित महिला संघ रुपन्देही(फेडो) को समन्वयमा २५ केजीको २५ बोरा चामल,२ केजी दाल,१ केजी स्वयाविन,१ लिटर तेल गरि ५० हजार मुल्य बराबरको राहात वितरण गरिएको क्लवका कोषाध्यक्ष बुलबुल श्रेष्ठले जानकारी दिनुभयो ।

राहत ग्रहण गर्दै आफूहरुलाई समस्या परेको बेला इनरह्लि क्लबले खाद्यान्न प्रदान गरि सहयोग गरेकोमा मायादेवी महिला समुहका अध्यक्ष एवं विपन्न परिवारका सदस्य बिना शर्माले क्वबलाई धन्यवाद व्याक्त गर्नूभयो ।

शनिबार बुटवल उपमहानगरपालिका वडा नम्बर ११ दुर्गा नगरमा अबस्थित मायादेवी विद्यालय प्राङ्गणमा गरिएको राहात वितरण कार्यक्रममा ईनरह्लि क्लव अफ अध्यक्ष बुटवलका पूर्व अध्यक्षहरु सरस्वती श्रेष्ठ, भारती जोशी, लक्ष्मी बस्याल,इलेक्ट प्रेसीडेन्ट शोभा जोशी, सदस्य यमुना श्रेष्ठ,विश्व श्रेष्ठ, दलित महिला संघ फेडो रुपन्देहीका अध्यक्ष मनु खडका, समाजसेवी धन बहादुर गुरुङ्ग लगायत को उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ४ : २४ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना