४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमसीसी सम्झौता राष्ट्रघाती छ पास गर्नु हुँदैन : भीम रावल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं प्रतिधिनिसभाका सदस्य भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रघाती भएको दाबी गर्दै विना संशोधन पास गर्न नहुने अडान पुनः जनाउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गदै्र्र सांसद रावलले अहिलेकै अवस्थामा एमसीसी सम्झौता जारी भए त्या राष्ट्रहित विपरित हुने जिकिर गर्नुभयो ।

रावलले विवादास्पद एमसीसीलाई सरकारले पछाडिको ढोकाबाट ल्याउन खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘यदि सम्झौता अनुसार भयो भने राष्ट्रहित विपरित हुनेछ। एउटा स्वधीन देशका हैसियतमा आँच पुर्याहउने सम्झौता लागु हुनुहुँदैन। स्वाधिनता पैसामा साट्न सकिँदैन।’

यस्तै, एमसीसी सम्बन्धमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा आइतबार दिएको अभिव्यक्तिप्रति पनि रावलले आलोचना गर्नुभयो । रावलले यही अधिवेशनमा पास हुनुपर्ने देउवाको भनाइतर्फ लक्ष्य गर्दै महाकाली सन्धी जस्तै राष्ट्रघाती हुने उल्लेख गर्नुभयो । रावलले भन्नुभयो, ‘नेपाली कांग्रेस संसदीय दलका नेताले यही अधिवेशनमा पारित गर्नुपर्छ भन्नुभयो। उहाँले महाकाली सन्धीमा पनि यस्तै भन्नुभएको थियो।’

तर, महाकाली सन्धी १०/१० वर्षमा पुनरावलोकन हुने र कार्यान्वयन गर्ने सम्झौता भनिए पनि भएको छैन ।

यस्तै, रावलले लिम्पियाधुरा र कालापानी क्षेत्रबाट भारतको उपस्थिति हट्नुपर्ने माग गर्नुभयो। नेपालको नक्साबाट कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गर्ने सरकारको कदम स्वागतयोग्य रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  १२ : १३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज