२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

बाँकेमा आईसोलेसनको संख्या थप गरिँदै, क्वारेन्टाईनको स्तरोन्नती हुने



नेपालगन्ज । संक्रमितहरुको संख्या थपिंदै गएपछि बांकेमा २ सय शैयाको आइसोलेसन केन्द्र थप गरिने भएको छ । बाँकेमा लक्षण नदेखिएका कोबिड–१९ नोबल कोरोना भाईरसका संक्रमितको उपचारका लागि थप २ सय शैयाको आइसोलेशन सेन्टर स्थापना गर्न लागिएको हो ।

पाँच नंम्बर प्रदेश सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बरालको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा जिल्ला स्तरीय कोबिड क्राईसिस म्यानेजमेन्ट सेन्टरको बैठकले सो निर्णय गरेको हो ।

बाँकेमा लक्षण नदेखिएका कोबिड संक्रमितको संख्या बृद्धि हुँदै गएपछि उनीहरुलाई राख्नको लागि प्रयोग गर्न सकिने स्थानको पहिचान गर्नको लागि भेरी अस्पताल, स्थानीय तह र स्थानीय प्रशासनको प्रतिनिधि समेत रहेको टोली गठन गरी सम्भावित स्थानको पहिचान गर्ने समेत समितीले निर्णय गरेको छ ।

ती आईसोलेशन सेन्टरका लागि आवश्यक पर्ने लजिस्टिक व्यवस्थापन संबन्धित स्थानीय तहको र उपचार व्यवस्थापनको लागि भेरी अस्पतालको हुने छ । यसैगरी स्थानीय तहले निर्माण गरेको क्वारेन्टाईनलाई व्यवस्थित गरी झुल लगायतको अत्यावश्यक सामानको व्यवस्थापन गर्ने रहेको छ ।

सोही बैठकले कोबिड–१९ को संक्रमण देखिएको नेपालगञ्ज–८ जोलहनपुर्वामा सबैले कोरोना परिक्षण गराएको सुनिश्चित भएमा गरिएको शिल खुकुलो पार्दै लैजाने निर्णय भएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  १ : ०५ बजे

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान, आजै रातीदेखि मतगणना सुरु हुने

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्यो : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र