२५ चैत्र २०८२, बुधबार | April 9, 2026

नेपालको भूमि अतिक्रमण उत्कर्षमा पुगेकै बेला भारतले चिनियाँ भूमि पनि अतिक्रमण गरेको आरोप



काठमाडौं । नेपाल र भुटानको भूमि अतिक्रमण गर्दै आफ्नो सैन्य क्याम्प चलाइरहेको भारतले आफ्नो शक्तिशाली छिमेकी चीनको भूमिमा पनि घुसपैठ गरेको आरोप लागेको छ ।

अक्साइ चीनको गलवान उपत्यकामा रहेको आफ्नो सीमानाभित्र मे महिनाको सुरुदेखि भारतीय सेनाले घुसपैठ गरेको चीनले आरोप लगाएको हो ।

त्यस क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाको गस्तीमा अवरोध गर्न भारतले अवैध संरचना निर्माण गरेको चिनिँया कम्युनिष्ट पार्टी निकट प्रभावशाली दैनिक पत्रिका ग्लोबल टाइम्सले जनाएको छ ।

सैन्य स्रोतलाई उल्लेख गर्दै द ग्लोबल टाइम्सले भारतको त्यस्तो गतिविधिलाई रोक्न आवश्यक कदम चालिएको जनाएको छ। दोक्लाम घटना पछि भारतीय घुसपैठ रोक्न चिनियाँ सेनाले पनि आवश्यक निगरानी र गस्ती बढाएको जनाएको छ।

दुई मुलुकबीच द्वन्द्व बढाउन भारतीय पक्षले अवैध किल्लाबन्दी गरेको भन्दै चीनले आफ्नो भौगोलिक अखण्डताको रक्षाका लागि जनमुक्ति सेना २४ सै घण्टा तयारी अवस्थामा रहेको चेतावनी दिएको छ ।

ग्लोबल टाइम्सले स्रोतलाइृ उल्लेख गर्दै ‘भारतीय पक्षको यस्तो गतिविधिले चीन र भारतबीच सीमाका बारेमा भएका सम्झौताको गम्भीर उल्लंघन गरेको छ। यसले चीनको भौगोलिक सार्वभौकितामा हस्तक्षेप गरेको छ र दुई देशबीचको सैन्य सम्बन्धलाई क्षति पुर्‍याएको छ,’ जनाएको छ ।

१० दिनअघि सिक्किम सेक्टरमा भारतीय र चिनियाँ सेनाबीच मुक्कामुक्की हुँदा दुवै पक्षका केही सैनिक घाइते भएका थिए। यो घटना दोक्लाम घटना पछि पनि भारतले गर्दै आएको घुसपैठ विरुद्धको कडा सैन्य प्रतिक्रिया भएको चिनिया सैन्य विश्लेषकहरुले बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

सन् २०१७ को जुनबाट ७२ दिनसम्म भारतीय सैनिकले भुटानको सीमा पार गर्दै चीनको दोक्लाम क्षेत्रमा प्रवेश गरेका थिए । भुटान र चीनबीच रहेको सीमा विवादको फाइदा उठाउँदै भारतीय सेनाले चिनिया भूमिमा मोर्चा कसे पछि चीनले तत्काल पछि हट्न या युद्ध रोज्न चेतावनी दिएको थियो । लामो कुटनीतिक वार्ता पछि दोक्लाम विवाद समाधान भएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ६ : ३५ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास