४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालको भूमि अतिक्रमण उत्कर्षमा पुगेकै बेला भारतले चिनियाँ भूमि पनि अतिक्रमण गरेको आरोप



काठमाडौं । नेपाल र भुटानको भूमि अतिक्रमण गर्दै आफ्नो सैन्य क्याम्प चलाइरहेको भारतले आफ्नो शक्तिशाली छिमेकी चीनको भूमिमा पनि घुसपैठ गरेको आरोप लागेको छ ।

अक्साइ चीनको गलवान उपत्यकामा रहेको आफ्नो सीमानाभित्र मे महिनाको सुरुदेखि भारतीय सेनाले घुसपैठ गरेको चीनले आरोप लगाएको हो ।

त्यस क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाको गस्तीमा अवरोध गर्न भारतले अवैध संरचना निर्माण गरेको चिनिँया कम्युनिष्ट पार्टी निकट प्रभावशाली दैनिक पत्रिका ग्लोबल टाइम्सले जनाएको छ ।

सैन्य स्रोतलाई उल्लेख गर्दै द ग्लोबल टाइम्सले भारतको त्यस्तो गतिविधिलाई रोक्न आवश्यक कदम चालिएको जनाएको छ। दोक्लाम घटना पछि भारतीय घुसपैठ रोक्न चिनियाँ सेनाले पनि आवश्यक निगरानी र गस्ती बढाएको जनाएको छ।

दुई मुलुकबीच द्वन्द्व बढाउन भारतीय पक्षले अवैध किल्लाबन्दी गरेको भन्दै चीनले आफ्नो भौगोलिक अखण्डताको रक्षाका लागि जनमुक्ति सेना २४ सै घण्टा तयारी अवस्थामा रहेको चेतावनी दिएको छ ।

ग्लोबल टाइम्सले स्रोतलाइृ उल्लेख गर्दै ‘भारतीय पक्षको यस्तो गतिविधिले चीन र भारतबीच सीमाका बारेमा भएका सम्झौताको गम्भीर उल्लंघन गरेको छ। यसले चीनको भौगोलिक सार्वभौकितामा हस्तक्षेप गरेको छ र दुई देशबीचको सैन्य सम्बन्धलाई क्षति पुर्‍याएको छ,’ जनाएको छ ।

१० दिनअघि सिक्किम सेक्टरमा भारतीय र चिनियाँ सेनाबीच मुक्कामुक्की हुँदा दुवै पक्षका केही सैनिक घाइते भएका थिए। यो घटना दोक्लाम घटना पछि पनि भारतले गर्दै आएको घुसपैठ विरुद्धको कडा सैन्य प्रतिक्रिया भएको चिनिया सैन्य विश्लेषकहरुले बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

सन् २०१७ को जुनबाट ७२ दिनसम्म भारतीय सैनिकले भुटानको सीमा पार गर्दै चीनको दोक्लाम क्षेत्रमा प्रवेश गरेका थिए । भुटान र चीनबीच रहेको सीमा विवादको फाइदा उठाउँदै भारतीय सेनाले चिनिया भूमिमा मोर्चा कसे पछि चीनले तत्काल पछि हट्न या युद्ध रोज्न चेतावनी दिएको थियो । लामो कुटनीतिक वार्ता पछि दोक्लाम विवाद समाधान भएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ६ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको