२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

लिम्पियाधुरा सहितको नक्सा मन्त्रिपरिषदबाट पारित, राजपत्रमा प्रकाशित भएपछि मान्य हुने



काठमाडौं । मन्त्रिपरिषदले नेपालको नयां नक्सा पारित गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको हो ।

बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिनुभएको छ । मन्त्रिपरिषदले पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि सो नक्सा नेपालको आधिकारीक नक्सा बन्नेछ । संबिधानको अनुसुचिमा समेत नक्सा समावेश गर्ने काम बाकी रहने छ ।

मन्त्रिपरिषद्को बैठकमा भूमी व्यवस्था मन्त्रालयले तयार पारेको नक्सा मन्त्री पद्मा अर्यालले मन्त्रि बैठकमा प्रस्ताव गर्नुभएको थियो । मन्त्रिपरिषदले उक्त नक्सा नेपालको आधिकारीक नक्सा भएको भन्दै पारित गरेको हो ।

भारतले गत नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा नेपालको लिम्पियाधुरादेखि लिपुलेक कालापानीसम्मको अतिक्रमित भूमिलाई पनि समावेश गरेको थियो । त्यसको नेपालमा ठूलो विरोध भएको थियो ।

तिब्र दबाबपछि सरकारले लिम्पियाधुरा नेपालको पश्चिमी सीमा भएको पहिलो अडान सार्वजनिक गरेको थियो । तर, लिम्पियाधुरा समेटिएको नक्शा भने समावेश गरेको थिएन ।

भारतसँग बारम्बार कुटनीतिक वार्तामार्फत सीमा समस्या समाधान गर्न पहल गरेको सरकारले पछिल्लो पटक भारतले नेपाली भूमिहुँदै सामरिक महत्वको सडक नै पुरा गरेपछि भने नयाँ नक्शा सार्वजनिक गरेको छ ।

सरकारलाई नक्शा सार्वजनिक गर्न संसदीय समितिले निर्देशन र जनस्तरबाट दबाब दिइएको थियो ।

गत जेठ २ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइएको थियो ।

लामो समयको प्रतिक्षा पछि सरकारले बल्ल नेपालको पूर्ण भूगोलसहितको नक्शा प्रकाशित गरेको छ । अब, यही नक्शालाई नेपालले संयुक्त राष्ट्र संघ लगायत विश्वका सबै कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकहरुलाई बुझाउनुपर्छ । र, भारतसँग यो नक्शाकै आधारमा शीर ढाडो पारेर कुटनीतिक वार्ता गर्नुपर्छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ७ : ४१ बजे

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान, आजै रातीदेखि मतगणना सुरु हुने

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्यो : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र