५ श्रावण २०८३, मंगलबार | July 21, 2026

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान



पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गतेका लागि आह्वान गर्नुभएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबारको बैठकले बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेकामा प्रदेश प्रमुख शेरचनले प्रदेशसभाका सभामुखलाई सम्बोधन गरी अधिवेशन आह्वानको सूचना जारी गर्नु भएको हो ।

“प्रदेश सरकार गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेशसभाको अधिवेशन संवत् २०७७ जेठ ११ गते आइतबार दिनको १ बजेदेखी पोखरा सभागृहमा आरम्भ हुने गरी आह्वान गरेको छु” प्रदेश प्रमुखद्धारा जारी सूचनामा भनिएको छ ।

सरकारले नदीपुरस्थित प्रदेशसभा भवन साँघुरो भएको र सामाजिक दूरी कायम गर्न कठिनाइ पर्ने भएकाले सभागृहमा संसद् बैठक राख्न लागिएको जनाएको छ । त्यसैगरी हिजोको मन्त्रिपरिषद् बैठकले प्रदेशका ११ वटै जिल्ला अस्पताललाई एक÷एक वटा स्कारपियो गाडी खरिदका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।

तनहुँको दुई स्थानमा शवदाह गृह मेसिनका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने भन्सार छुटका लागि सङ्घीय सरकारलाई सिफारिसको निर्णय गरिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो । बैठकले लघु तथा साना उद्यमीहरूलाई मेसिन उपकरण हस्तान्तरण गर्न बनेको कार्यविधिलाई स्वीकृत गरेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ८ : ५० बजे

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल