४ पुस २०८२, शुक्रबार | December 20, 2025

गृह मन्त्रालयले तोक्यो सार्वजनिक सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, बैंक र सरकारी कार्यालयमा यस्तो नियम



काठमाडौ । गृह मन्त्रालयले सार्वजनिक सेवा सञ्चालनका लागि नयाँ मापदण्ड तोकेको छ ।

नेपालमा दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गृहले स्वास्थ्य सुरक्षाका लागि लकडाउनलाई कडा बनाएको हो ।

गृह मन्त्रालयद्वारा जारी प्रेस–विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्न भनिएको छ ।

त्यसैगरी विज्ञप्तिमा भनिएको छ, ‘अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा अति आवश्यक पर्ने न्यूनतम कर्मचारीहरूलाई आलोपालो मिलाई तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनुशरण गरी कार्यालय सञ्‍चालन गर्ने।’

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिको पूर्णपाठः–

प्रेस–विज्ञप्ति

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७७।०१।२४ को निर्णय बमोजिम संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम मिति २०७७।०२।०५ गतेको मध्यरातसम्मका लागि जारी गरिएको आदेशलाई कोभिड-19 को संक्रमण फैलने सम्भावना देखिएकोले नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७७।०२।०४ गतेको निर्णय बमोजिम मिति २०७७।०२।२० गते मध्यरातसम्मका लागि निरन्तरता दिइएको व्यहोरा सवैमा जानकारी गराइन्छ । नेपाल सरकारको सोही मितिको निर्णयबाट सार्वजनिक सेवा सम्बन्धमा निम्नानुसार गर्ने निर्णय भएको व्यहोरा समेत सम्बन्धित सवैमा जानकारी गराइन्छ ।

१) बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने ।

२) अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा अति आवश्यक पर्ने न्यूनतम कर्मचारीहरूलाई आलोपालो मिलाई तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनुशरण गरी कार्यालय सञ्‍चालन गर्ने ।

३) अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालयका लागि सम्बन्धित मन्त्रालय/निकायको सचिव र अन्य निकायहरूको लागि सम्बन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेको कुल सवारी साधनहरूमध्ये एक चौथाई सख्यामा नबढ्ने गरी सवारी पास उपलब्ध गराउने ।

४) प्रकरण (३) मा तोकिएको बाहेक उपत्यका बाहिरको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले सावधानीपूर्वक सकेसम्म न्यूनतम सवारी साधन सञ्चालन हुने नीति लिई सवारी पास उपलब्ध गराउने ।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड-19 को बढ्दो संक्रमणबाट सुरक्षित रहनको लागि हालसम्म नेपाल सरकारबाट भएका निर्णयहरुको पालना गर्नु भएकोमा सम्पूर्ण नागरिकहरुमा हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि उक्त आदेशको पूर्ण पालना गरी गराई सहयोग गरिदिनुहुन हुन सम्पूर्ण नागरिकहरुमा हार्दिक अनुरोध गरिन्छ ।
मिति: २०७७।०२।०५

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ६ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको