८ बैशाख २०८१, शनिबार | April 20, 2024

दश स्वास्थ्यकर्मीको स्वाब परीक्षणमा, गुल्मीका संक्रमितको गाउँपालिका सिल



अर्घाखाँची । अर्घाखाँचीको छायाँ पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि पठाइएको छ ।

कोरोना संक्रमण पुष्टि भएका गुल्मीका व्यक्तिले सन्धिखर्क १ मा रहेको छाया पोलिक्लिनिकमा केही दिनअघि उपचार गराएको भन्ने खुलेपछि उक्त पोलिक्लिनिक बन्द गरी उपचार, प्रयोगशाला र औषधालयमा संलग्न स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनले वैशाख ३१ गते करीब ३ बजे ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारका लागि सन्धिखर्कको छाया पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गराएका थिए ।

पोलिक्लिनिकले उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि अन्यत्र जान सिफारिस गरेपछि उनलाई थप उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताउनुभयो । क्रिमसन अस्पताल भर्ना भएको दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको छ ।

उनी सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय अन्यत्र कतै गएको नभए पनि लक्षण हेर्दा कोरोनासँग मिल्दो पाइएपछि अस्पतालबाटै स्वाब संकलन गरिएको थियो ।

छायाँ पोलिक्लिनिकमा सिल गरेर चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब परीक्षणको रिपोर्टका आधारमा त्यस क्लिनिकमा उपचारका लागि आएका सबै बिरामी र उनीहरुसंँग सम्पर्कमा आएका सबैलाई खोजेर कोरोनाको परीक्षण गरिने अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिनुभयो ।

उता, पहिलो पटक ४१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएपछि मदाने गाउँपालिका नै बन्द गरिएको छ । संक्रमण फैलिन नदिन र त्यसबाट मानिसलाई थप सचेत गराउनका लागि जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीको आग्रहमा गाउँपालिकाले अर्को सूचना जारी नगर्दासम्म पालिका बन्द गर्ने निर्णय गरेको हो ।

मदाने ६ पुर्कोटदहमा अध्यापनरत शिक्षकमा सोमबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोनाको संक्रमण देखिएपछि कोही पनि व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र हिँडडुल नगर्न सार्वजनिक रुपमा सूचनासमेत जारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताउनुभयो ।

जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले संक्रमितको तत्कालै केस हिष्ट्री, ट्राभल हिष्ट्री र कन्ट्याक ट्रयाकिङ्ग गर्न गाउँपालिकालाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले संक्रमितसँग प्राथमिक उपचारमा संलग्न स्वास्थ्यकर्मी, उनको परिवार र उनीसँग सम्पर्कमा आएका सबैको आरडिटी र पिपिआर टेष्ट गर्नका आवश्यक प्रक्रिया शुरु गर्नका लागि स्वास्थ्यकर्मीसहितको टोली आज नै संक्रमित क्षेत्रमा पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।

मदानेमा कोरोना संक्रमित भएको खबरसँगै गुल्मीवासी थप सशंकित बनेका छन् । पुर्कोटदह यति बेला सुनसान जस्तै बनेको छ । त्रासका कारण कोही पनि मानिस घर बाहिर निस्केका छैनन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ९ : ५५ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु