२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

संक्रमितलाई आईसोलेसन पठाउन स्थानीयको अवरोध, उपचार गर्न ल्याउने भनेपछि जनप्रतिनिधिको भागाभाग



नेपालगन्ज । कोरोना भाइरसको संक्रमण पुष्टी भएका संक्रमितहरुलाई उपचारका लागि लिन गएको एम्बुलेन्सलाई बांकेको नरैनापुरमा अवरोध गरिएको छ ।

सोमबार पुष्टी भएका ५९ जना संक्रमितहरुलाई नेपालगन्जको डेन्टल अस्पताल र खजुराको क्यान्सर अस्पतालमा राखि उपचारगर्ने निर्णय भएसंगै आई एन एफ र नेपाली सेनाको एम्बुलेन्स उनीहरुलाई लिन नरैनापुर गएको थियो । संक्रमित लिन गएको एम्बुलेन्सलाई स्थानीयबासीले घेरेर बिरामी राख्न नदिएको प्रहरीले जनाएको छ । स्थानीयबासी र संक्रमित स्वयंले नेपालगन्ज आउन नमानेको मेरेपनि घरमै मर्ने हो भनेर जिद्दी गरेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रवक्ता डिएसपी शिव बहादुर सिंहले बताउनु भयो । महिलाहरुलाई अगाडी राखेर एम्बुलेन्स क्वारेन्टाईन सम्म जान नदिएको डिएसपी सिंहले बताउनु भयो ।

क्वारेन्टाईन वरिपरि ठुलो संख्यामा स्थानीयबासी जम्मा भएकाछन् र उनीहरुले संक्रतिमहरुलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराउनुपर्ने माग गरेका छन् । स्थानीय लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिद्युत, उपकरण लगायतको सुबिधा नभएपछि आजमात्र बिपद ब्यवस्थापन समितीले नेपालगन्जमा आइसोलेसन बनाई उनीहरुलाई राख्ने निर्णय गरेको थियो ।

एता कोहलपुर स्थित कृषि बिकास बैंकको तालिम केन्द्र पिपरीमा समेत संक्रमितलाई राखेर उपचार गर्ने प्रशासनले निर्णय गरेपनि संक्रमितलाई पिपरी ल्याउन नदिने भन्दै स्थानीयबासीले नारा जुलुस निकालेकाछन् । संक्रमण फैलिन सक्ने भन्दै तालिम केन्द्र वरपरका स्थानीयबासीले प्रदर्शन गरेका कारण अवरोध सिर्जना भएको डिएसपी सिंहले बताउनु भयो ।

दुबै तर्फ प्रहरीको थप शक्ति परिचालन गरिएको र स्थानीय पालिकाहरुलाई सहजिकरणका लागि अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय बांकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकेरेलले बताउनु भयो । स्थानीय जन प्रतिनिधिले समन्वय नगरेको प्रशासनको गुनासो छ ।

अवरोधका बिषयमा सम्पर्क गर्न खोज्दा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको मोबाईलमा दर्जनौ पटक सम्पर्कहुन नसक्ने बनाएकाछन् । संक्रमितले आउन नमान्ने, स्थानीयले लैजान नदिने र आईसोलेसन अरपरका स्थानीयबासीले अवरोध गरेपछि सोमबार संक्रमण पुष्टी भएकाहरुको उपचार अन्यौलमा परेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ५ : ५८ बजे

बाँकेमा किरियापुत्रीद्वारा मतदान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान

मतदानको समय सकियो, आयोगले पत्रकार सम्मेलनमार्फत समग्र अवस्थाबारे जानकारी गराउने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदानका लागि तोकिएको समय

प्रधानमन्त्रीद्वारा कतारी समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत