४ पुस २०८२, शुक्रबार | December 19, 2025

पहिलो पटक डाक्टरमा देखियो कारोना भाइरस संक्रमण



बुटवल । नेपालमा पहिलोपटक चिकित्सकलाई कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ ।

स्वास्थ्य विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा कार्यरत जनस्वास्थ्य चिकित्सकलाई कोरोना भाइरस पोजेटिभ देखिएको बताईएको छ ।

मंगलबार उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ५ जना कोरोना पोजिटिभ देखिएको थियो । जसमध्ये ललितपुरका भनिएको संक्रमित स्वास्थ्य सेवा विभाग अन्तर्गत करारका चिकित्सक रहेको पाइएको हो ।

नेपालमा डाक्टरमा कोरोना संक्रमण देखिएको यो नै पहिलो घटना हो । स्रोतका अनुसार, उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए । त्यही क्रममा आफैं संक्रमित भएको हुनसक्ने बताइएको छ ।
यसअघि धनकुटामा कार्यरत एक नर्स, वीरगञ्ज नारायणी अस्पतालमा कार्यरत एक नर्स र तौलिहवा अस्पतालमा कार्यत एक नर्स गरी तीन जना नर्समा कोरोना संक्रमण देखिएको थियो ।

मंगलबार उपत्यकाका तीन जिल्ला ललितपुरमा १, भक्तपुरमा १ र काठमाडौंमा ३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ७ : ४३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज