२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

क्रिमसन अस्पतालका अध्यक्ष भन्छन्, – कोरोना संक्रमितको अवस्था स्थिर, मृत्युको खबर हल्ला मात्र



बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मी मदानेका ४१ वर्षीय कोरोना संक्रमितको अवस्थाबारे क्रिमसन अस्पतालबाट दुई थरी खबर बाहिरिएपछि जनमानसमा तनाब र भ्रम उत्पन्न भएको छ ।

अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले बिरामीको अवस्था स्थिर रहेको प्रतिक्रिया दिनुभएको छ । भेन्टिलेटरमा राखिएका बिरामीको अवस्था अहिलेसम्म स्थिर रहेको पाण्डेले खबरकुरालाई बताउनुभयो ।

तर कतिपय संचारमाध्यमले भने अस्पतालकै संचालक दुर्गा पाण्डेको भनाइलाई उदृध गर्दै मृतकको बिहानै मृत्य भएको समाचार प्रकाशित गरिसकेका छन् ।

अस्पतालले सही सूचना नदिँदा आम जनमानसमा भ्रम उत्पन्न भएको छ । यसबारे यथाशिघ्र प्रदेश सरकारले जवाफ दिन जरुरी देखिएको छ । मृत्यु नै नभैकन बाहिर आएको समाचार भ्रामक र गलत भएको अस्पतालका अध्यक्ष पाण्डेले बताउनुभयो ।

शिक्षण पेशामा आवद्ध ती पुरुष बिरामी भएपछि सुरुमा आफ्नो गाउँ नजिकैको अर्घाखाँचीको एक मेडिकलमा चेकजाँच गराएका थिए । त्यसपछि मोटरसाइकलमा मणिग्राममा रहेको क्रिमशन अस्पतालमा पुगेका थिए ।

कोरोना लागेको पुष्टि भएसँगै क्रिमसन अस्पतालले कोरोना विशेष अस्पतालमा सार्न आग्रह गरेको थियो । तर, उनको जटिल अवस्था र कोरोना विशेष अस्पतालमा भेन्टिलेटर अभाव भएपछि उनलाई क्रिमसनकै आईसीयूमा राखिएको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ११ : ३१ बजे

बाँकेमा किरियापुत्रीद्वारा मतदान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान

मतदानको समय सकियो, आयोगले पत्रकार सम्मेलनमार्फत समग्र अवस्थाबारे जानकारी गराउने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदानका लागि तोकिएको समय

प्रधानमन्त्रीद्वारा कतारी समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत