४ पुस २०८२, शुक्रबार | December 19, 2025

लिम्पियाधुरा–कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्शा सार्वजनिक



काठमाडौं । सरकारले नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गर्नुभएको हो ।

नयाँ नक्शाले भारतले अतिक्रमण गरेको नेपालको पश्चिमी सीमामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेको छ ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।

अब यही नक्शा नै नेपालको आधारिक नक्शा हुनेछ । संविधानको अनुसूचि ३ मा रहेको नक्शालाई परिवर्तन गर्न संविधान संशोधनको प्रक्रिया समेत सरकारले छिटै नै अघि बढाउन लागेको छ ।

मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने प्रतिवद्धता जनाउनुभएको थियो । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्शालाई मन्त्रिपरिषद्ले सोमबार पारित गरेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  २ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको