४ पुस २०८२, शुक्रबार | December 19, 2025

देवदहमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, एम्वुलेन्स चालक र प्रहरीको कोरोना बिमा



बुटवल । देवदह नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार, एम्वुलेन्स चालक र प्रहरीको कोरोना बिमा गरिएको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणको अवस्थामा देवदह नगरपालिकाले नगरमा क्रियाशिल जनप्रतिनिधि, कर्मचारी, पत्रकार, एम्वुलेन्स चालक र प्रहरीको कोरोना विमा गरेको हो ।

देवदह नगरपालिकाले स्थानीय सम्पूर्ण जनप्रतिनिधि, देवदह क्षेत्रमा क्रियाशिल पत्रकार, नगरपालिकाका सम्पूर्ण कर्मचारी, देवदह प्रहरी चौकीका प्रहरी र देवदह क्षेत्रमा संचालनमा रहेका एम्वुलेन्स चालकहरुको कोरोना विमा गराईएको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले जानकारी दिनु भयो । देवदह नगरपालिकाले जनरल ईन्सुरेन्स कम्पनी नेपाल संग कोरोना विमा गराइएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेलले जानकारी दिनु भयो ।

महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणको जोमिख मोलेर काम गर्न वाध्य भएका जनप्रतिनिधि, पत्रकार, प्रहरी, कर्मचारी, एम्वुलेन्स चालक सर्वसाधारणको तुलनामा जोखिममा काम गर्न बाध्य हुनु पर्ने भएकाले नगरपालिकाले कोरोना विमा गरिदिएको नगर प्रमुख हिराबहादुर खत्रीले जानकारी दिनु भयो ।

नगरपालिकाका अनुसार जर्नल ईन्सुरेन्स कम्पनी नेपाल संग गरिएको कोरोना विमामा जनप्रतिनिधि, पत्रकार, कर्मचारी, प्रहरी र एम्वुलेन्स चालकलाई कोरोना पोजेटिभ देखिए एक लाख पाउने गरी कोराना विमा गरिएको हो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ५ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको