२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

देशभरका क्वारेन्टाइनस्थलप्रति प्रधानमन्त्री असन्तुष्ट, तत्काल सुधार गर्न निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरका क्वारेन्टाइनको अवस्था तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) को कार्यालयमा पहिलो पटक पुग्नुभएका प्रधानमन्त्री ओलीले क्वारेन्टाइन केन्द्रहरुको अवस्था उदेकलाग्दो देखिएको भन्दै तत्काल सुधार्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव समेत रहेका सीसीएमसी अप्सका संयोजक महेन्द्रप्रसाद गुरागाईँले ओलीलाई अहिलेको अवस्थाबारे ब्रिफिङ गर्नुभएको थियो ।

त्यसक्रममा सीसीएमसीले स्वास्थ्य सेवा तथा उपचार, आपूर्ति तथा अत्यावश्यक सेवा कार्य, शान्ति सुरक्षा कार्य र सूचना तथा प्रविधि कार्यको काम, कारबाहीबारे ओलीलाई जानकारी गराइएको थियो ।

त्यसक्रममा जेठ २० मा लकडाउन सकिएपछिको रणनीतिबारे पनि छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले विदेशबाट ल्याउनुपर्ने अवस्थाका नागरिकबारे चासो राख्नुभएको थियो । सबै संरचना तयार गरेपछि मात्र कति नागरिकलाई ल्याउन सकिन्छ भन्ने यकिन हुनसक्ने बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो ।

कोभिड–१९ भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि सरकारले क्राइसिस म्यानेजमेन्ट सेन्टर स्थापना गरेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ७ : ०७ बजे

बाँकेमा किरियापुत्रीद्वारा मतदान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान

मतदानको समय सकियो, आयोगले पत्रकार सम्मेलनमार्फत समग्र अवस्थाबारे जानकारी गराउने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदानका लागि तोकिएको समय

प्रधानमन्त्रीद्वारा कतारी समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत