४ पुस २०८२, शुक्रबार | December 19, 2025

देशभरका क्वारेन्टाइनस्थलप्रति प्रधानमन्त्री असन्तुष्ट, तत्काल सुधार गर्न निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरका क्वारेन्टाइनको अवस्था तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) को कार्यालयमा पहिलो पटक पुग्नुभएका प्रधानमन्त्री ओलीले क्वारेन्टाइन केन्द्रहरुको अवस्था उदेकलाग्दो देखिएको भन्दै तत्काल सुधार्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव समेत रहेका सीसीएमसी अप्सका संयोजक महेन्द्रप्रसाद गुरागाईँले ओलीलाई अहिलेको अवस्थाबारे ब्रिफिङ गर्नुभएको थियो ।

त्यसक्रममा सीसीएमसीले स्वास्थ्य सेवा तथा उपचार, आपूर्ति तथा अत्यावश्यक सेवा कार्य, शान्ति सुरक्षा कार्य र सूचना तथा प्रविधि कार्यको काम, कारबाहीबारे ओलीलाई जानकारी गराइएको थियो ।

त्यसक्रममा जेठ २० मा लकडाउन सकिएपछिको रणनीतिबारे पनि छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले विदेशबाट ल्याउनुपर्ने अवस्थाका नागरिकबारे चासो राख्नुभएको थियो । सबै संरचना तयार गरेपछि मात्र कति नागरिकलाई ल्याउन सकिन्छ भन्ने यकिन हुनसक्ने बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो ।

कोभिड–१९ भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि सरकारले क्राइसिस म्यानेजमेन्ट सेन्टर स्थापना गरेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ७ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको