४ असार २०८२, बुधबार | June 18, 2025

कोरोना संक्रमण झन बढेको भन्दै डब्लुएचओबाट चिन्ता व्यक्त



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वमा कोरोना भाइरसको संक्रमण झनझन् बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारी विरुद्ध नेतृत्व गरिरहेको डब्लएचओले नै संक्रमण झन बढेको भन्दै चिन्ता व्यक्त गरेको हो ।

डब्लएचओको नियमित्र पत्रकार सम्मेलनमा महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले महामारी अन्त्य हुन निकै लामो समय लाग्ने देखिएको भन्दै सबै राष्ट्रहरुलाई जिम्मेवारपूर्वक संक्रमण विरुद्ध लाग्न आग्रह गरेका छन् ।

बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको डब्लुएचओले जनाएको छ। ‘पछिल्लो २४ घण्टामा विश्वमा१ लाख ६ हजार नयाँ केस थपिएका छन् ।

यो एकै दिन थपिएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो,’ पत्रकार सम्मेलनमा डा. टेडरोजले भने । यसमध्ये झण्डै दुई तिहाई केस त चार देशको मात्रै छन् ।

महामारी नियन्त्रण हुन लामो समय लाग्ने देखिएको भन्दै उनले कम तथा मध्यम आय भएका देशमा कोरोना संक्रमण बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरे ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ९ : ०० बजे

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं । काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ