६ श्रावण २०८३, बुधबार | July 23, 2026

कोरोना संक्रमण झन बढेको भन्दै डब्लुएचओबाट चिन्ता व्यक्त



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वमा कोरोना भाइरसको संक्रमण झनझन् बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारी विरुद्ध नेतृत्व गरिरहेको डब्लएचओले नै संक्रमण झन बढेको भन्दै चिन्ता व्यक्त गरेको हो ।

डब्लएचओको नियमित्र पत्रकार सम्मेलनमा महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले महामारी अन्त्य हुन निकै लामो समय लाग्ने देखिएको भन्दै सबै राष्ट्रहरुलाई जिम्मेवारपूर्वक संक्रमण विरुद्ध लाग्न आग्रह गरेका छन् ।

बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको डब्लुएचओले जनाएको छ। ‘पछिल्लो २४ घण्टामा विश्वमा१ लाख ६ हजार नयाँ केस थपिएका छन् ।

यो एकै दिन थपिएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो,’ पत्रकार सम्मेलनमा डा. टेडरोजले भने । यसमध्ये झण्डै दुई तिहाई केस त चार देशको मात्रै छन् ।

महामारी नियन्त्रण हुन लामो समय लाग्ने देखिएको भन्दै उनले कम तथा मध्यम आय भएका देशमा कोरोना संक्रमण बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरे ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ९ : ०० बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क