१ कार्तिक २०८३, शनिबार | October 17, 2026

जम्मु-कास्मिर छोडेर नक्शा बनाएको भन्ने समाचार भारतीय षड्यन्त्र भएको पाकिस्तानको आरोप



पाकिस्तानले जम्मु कास्मिरलाई भारतको क्षेत्रभित्र पर्ने गरी कुनै नयाँ नक्शालाई जारी नगरेको स्पष्ट पारेको छ ।

कोरोना भाइरसको संक्रमणबारे जानकारी गराउन पाकिस्तानले आफ्नो देशको नयाँ नक्शा प्रकाशित गरेको र त्यो नक्शामा पाकिस्तान प्रशासति जम्मु कास्मिरलाई भारतमा देखाइएको भन्दै भारतीय संचारमाध्यमले हर्ष बढाईं गरेका थिए ।

तर, पाकिस्तानको विदेशमन्त्रालयले भारतीय संचारमाध्यमले गलत नक्शा सार्वजनिक गरेर पाकिस्तानको बद्नाम गरेको भन्दै आफ्नो देशविरोधी कुनै पनि गतिविधि नगर्न भारतलाई चेतावनी दिएको छ ।

बुधबार भारतीय समाचार टेलिभिजनहरुले पाकिस्तानले जम्मु कास्मिरको हिस्सा भारतभित्र पारेर नक्शाबाट पाकिस्तानले आत्मसमर्पण सुरु गरेको भन्दै हर्षबढाईं गरेका थिए ।

भारतीय संचारमाध्यमहरुले पाकिस्तान विरुद्ध सधैंभर फेक न्यूज प्रकाशित गर्दै आएको पाकिस्तानले टिप्पणी गरेको छ ।

भारतीय सं्रचारमाध्यमहरुले यतिबेला नेपालबारे पनि गलत र भ्रामक समाचार प्रसारण गरिरहेका छन् । छिमेकीसँगको सम्बन्ध बिगार्नमा भारतीय संचारमाध्यमको भूमिका महत्वपूर्ण हुँदै आएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ३ : ४७ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ