३ पुस २०८२, बिहिबार | December 19, 2025

चीनमा पहिलो पटक कोरोना संक्रमण संख्या शुन्य



कोरोना भाइरस पहिलोपटक फैलिन सुरु गरेको चीनमा संक्रमण अत्यन्त कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा चीनमा यौटा पनि कोरोना संक्रमणको केस नदेखिएको चिनिया अधिकारीहरुले जनाएको छ ।

चीनको बुहानबाट सुरु भएको कोरोना महामारीले यतिबेला विश्वभर फैलिएको छ । तर, मार्चदेखि नै चीनमा संक्रमणका घटना कम हुँदै गएको थियो ।
चीन सरकारको निर्देशनमा सुरु गरिएका प्रतिबन्ध जनस्तरमा प्रभावकारी ढंगले पालना गरिएका कारण चीनमा संक्रमण कम भएको हो ।

यद्यपी, विदेशबाट चीन फर्किएका चिनिया नागरिकहरुबाट पछिल्लो दिनमा संक्रमण बढेको थियो । पूर्वोत्तर चीनको जिलिन र हेइलाङजियाङ प्रान्त संक्रमणको केन्द्र बनेको थियो । बुहाउनमा पनि मे महिनाको सुरुमा संक्रमणका केही केस देखिएको थियो । त्यसपछि शहरमा रहेका सबै एककरोड १० लाख नागरिकको १० कोरोना टेस्ट गरिएको थियो ।

यद्यपी, बुहानमा गत अप्रिल ८ देखि नै ७६ दिनको लकडाउन हटाइएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  १ : ४० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको