७ माघ २०८१, सोमबार | January 21, 2025

सैनिक अदालतले चलायो आफ्नै अधिकृतमाथि भ्रष्टाचारको कारवाही



काठमाण्डौ । नेपाली सेनाका ३ अधिकृत सहित ५ जनालाई सम्पत्ति र अनुशासन तथा आचरणको कसुरमा कारवाही गरिएको छ । श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा उनीहरु दोषी ठहरिएकाले कारवाही गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयले जानकारी दिएको छ । दोषी अधिकृत सहित अन्य दर्जाका सैनीकलाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको निर्देशनालयले जनाएको छ ।

श्री सैनिक कल्याणकारी कोषको लगानीमा सन्चालित श्री सैनिक आवासिय महविद्यालय, भक्तपुरमा आर्थिक अनियमितता भएको सम्बन्धमा सुनुवाई गर्न सहायक रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी बोर्ड गठन भएको थियो । ईन्क्वायरी बोर्डकै प्रतिबेदनको आधारमा समरी जनरल सैनिक अदालतबाट कसुरदारहरुलाई कारवाहीको फैसला सुनाएको नेपाली सेनाले जनाएको छ ।

महा सेनानी भुपालमान अधिकारीले श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गरी गराई सैनिक ऐन बमोजिम दुई महिना कैद सहित भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरीने गरी सेवाबाट हटाउने सैनिक अदालतबाट फैसला गरेको छ । फैसलामा थापाले गैरकानूनी रुपमा आर्थिक उपार्जन गरी लिएर खाएको ठहरिन आएको भन्दै विगो रकम एक करोड पचासी लाख चालीहजार एकसय आठ रुपैया असुल गर्ने समेत फैसला गरेको छ ।

सेनाको अदालतले प्रमुख सेनानी देव बहादुर क्षेत्रीले आर्थिक अनियमितता गरेको ठहर गर्दै सैनिक ऐन बमोजिम २ बर्ष बढुवा
रोक्का गर्नुका साथै चारलाख चालीस हजार असुल गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरि हुद्धा यज्ञराज पोखरेलले आर्थिक अनियमितता गरी सैनिक ऐन बमोजिमको कसुरमा दोषी ठहरीएकोले भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरीने गरी सेवाबाट हटाई । तीन लाख साठी हजार असुल गर्ने फैसला सुनाएको छ भने हुद्धा गणेश बहादुर अधिकारीले २ बर्ष तलव वृद्धी ९ग्रेड० रोक्का गर्ने र दश हजार असुल उपर गर्ने फैसला सुनाईएको छ।

अलातलले लेखा तर्फका सहसेनानी सुरेन्द्र विक्रम भण्डारीलाई आर्थिक कार्यहरु गर्दा कानूनी प्रकृया अवलम्वन नगराई सैनिक ऐन बमोजिमको कसुरमा दोषी ठहर गर्दै नसिहत दिने फैसला सुनाएको छ । अन्य १३ जनालाई भने सफाई दिएको छ

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ३ : ०२ बजे

मालपोत कार्यालय टीकापुर भ्रष्टाचार प्रकरण : आठ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय

आफ्नै साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ

धरान । साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : पचास लाख धरौटी बुझाएर जोशी रिहा

काठमाडौँ ।काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा नेपाल प्रहरीका पूर्व

सीमा क्षेत्रमा अपराधिक गतिविधि रोक्न समझदारी

रसुवा । नेपालको उत्तरी रसुवागढी नाका क्षेत्रमा हुन सक्ने अपराधिक

स्वास्थ्य बिमामा सुधार कार्ययोजनाको प्रक्रिया सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधार