२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

कोरोनाको संक्रमणबाट ५४ लाख प्रभावित, भारतमा संक्रमित झन बढ्दै



काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारी झन बढ्दो छ । गएको २४ घण्टामा मात्रै झण्डै १ लाख नयाँ संक्रमित थपिएका छन् । वर्ल्ड ओ मिटरका अनुसार गएको २४ घण्टामा विश्वभर ९९ हजार ६ सय ८६ नयाँ संक्रमित थपिएका छन्।

दक्षिण एशियामा पहिलो स्थानमा रहेको भारत विश्वभरकै संक्रमणमा पनि दिनदिनै माथि उक्लिएको छ । भारतमा २४ घण्टामा ६ हजार ६ सय २९ जना नयाँ संक्रमित थपिएका छन्। भारतमा शनिबार संक्रमणबाट १ सय ४२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको छ भने ३ हजार ८ सय ६८ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा २१ हजार ७ सय ५७ जना संक्रमित भएका छन् भने १ हजार २६ जनाले ज्यान गुमाएका छन्।

कोरोना भाइरसलाई विपक्षी डेमोक्रयाट र चीनलाई घेर्ने राजनीतिको अंग बनाएको अमेरिका कोरोनाबाट सबैभन्दा बढी पीडित बनेको छ ।

यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै कपि पेष्ट राजनीति गर्ने ब्राजिलका राष्ट्रपति बोल्सेरानोको गलत स्वास्थ्य नीतिकै कारण दक्षिण अमेरिकी मुलुक ब्राजिल पनि कोरोना महामारीबाट नराम्रोसँग प्रभावित बनेको छ । ब्राजिलमा १६ हजार ५ सय ६, रुसमा ९ हजार ४ सय ३४ भएका छन् । २४ घण्टामा ब्राजिलमा ९ सय ६५ को मृत्यु भएकोछ ।

यस्तै, मेक्सिकोमा ४७९, बेलायतमा २८२, रुसमा १३९, इटालीमा ११९, पेरुमा १२९, क्यानाडामा १०५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

कोरोनाले आक्रान्त इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी जस्ता मुलुकमा भने संक्रमण कम देखिएको छ ।

अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार ८ सय १३ पुगेको छ भने संक्रमितको संख्या ५४ लाखामाथि पुगेको छ । २२ लाखा ४७ हजार जति निको भएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ८ : ०५ बजे

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

सुरु भयो पौवा ‘स्वाद उत्सव’

नेपालगन्ज । होटल पौवाको २० वटै शाखामा एकसाथ ‘स्वाद उत्सव’

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व

उपसभामुखमा सरस्वती लामाको उम्मेदवारी दिने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले प्रतिनिधिसभाको उपसभामुख

उपसभामुखमा रुबी कुमारी ठाकुरको उम्मेदवारी, रास्वपाको समर्थन

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट रुबीकुमारी