५ पुस २०८२, शनिबार | December 20, 2025

१४ खर्ब नबढ्ने गरी बजेट ल्याउन काँग्रेसको सुझाव



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षका लागि १४ खर्ब नबढ्ने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

नेपाली काँग्रेसले पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा गठन गरेको अर्थतन्त्र विशेष समितिले साढे १३ अर्बदेखि १४ अर्बभित्र रहनेगरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको हो । समितिले देशको समग्र अर्थतन्त्रको अवस्था अध्ययन गरी यो सुझाव दिएको हो ।

प्रतिवेदनमा सार्वजनिक खर्चको पुनप्राथमिकीकरण, मितव्ययीता तथा आर्थिक अनुशासनबाट खर्चलाई बाञ्छित सीमामा राख्न सुझाव दिएको छ ।

प्रतिवेदनमा राजश्व बाँडफाँट गरेपछि संघीय राजश्व ९ खर्बसम्म हुने अनुमान गरिएको छ । आन्तरिक ऋण कुल ग्रार्हस्थ उत्पादनको अनुपातमा करीव ५ प्रतिशत रहने गरी २ खर्बको हाराहारीमा उठाउन सकिने कांग्रेसले बताएको छ । विदेशी ऋण स्रोत र शर्तका आधारमा २ खर्ब २५ अर्बसम्म उठ्ने अनुमान गरेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ६ : १५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता