३२ असार २०८३, बिहिबार | July 16, 2026

कर्णालीमा खाद्य सङ्कट केन्द्रित बजेट ल्याउन सुझाव



सुर्खेत । ‘कोभिड–१९’ नियन्त्रण र खाद्य सङ्कट समाधानमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ ।

नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकमा अधिकांश प्रदेशसभा सदस्यले कोरोना रोग र सम्भावित भोक समाधान गर्ने गरी प्रदेश सरकारले आगामी आव (२०७७/०७८) को बजेट तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको हो ।

बैठकमा कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा सबै प्रदेशसभा सदस्यको पारिश्रमिकबाट आधा महिनाको तलब जम्मा गर्ने निर्णय भएको नेकपाका सचेतक सीताकुमारी नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज ३ बजेदेखि शुरु हुने प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकताका मूलभूत पक्ष प्रस्तुत हुनेबारेमा जानकारी दिनुभएको थियो ।

त्यस्तै बैठकले कर्णाली प्रदेशसभा सदस्य करवीर शाहीको ममतामयी आमाको निधनप्रति दुःख प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जलि एवं शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।

बैठकले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले प्रभावकारी कदम चालिरहेकामा कर्णाली प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलगायत सबै सरोकारवालालाई धन्यवाद दिने निर्णय गरिएको पनि सचेतक नेपालीले बताउनुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  २ : १९ बजे

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक