५ श्रावण २०८३, मंगलबार | July 22, 2026

भारतबाट फर्किआउनेले संक्रमण बढाए : मुख्यमन्त्री पोखरेल



बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले कोभिड १९ संक्रमितको अवस्था पत्ता लगाउन प्रदेशमा फ्रिजमा स्वाब राखेर पालो पर्खने अवस्था रहेको बताउनुभएको छ ।
मंगलवार प्रदेश ५ को प्रदेश सभामा वोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश पाँचमा कोरोना परिक्षणका लागि अत्यधिक चाप रहेको बताउनु भयो । उहांले नेपालका क्वारेन्टाईनमा रहेका मध्ये प्रदेश ५ ले एक्लै ५० प्रतिशत संख्या क्वारेन्टाईनामा राखेको दाबी गर्दै सिँगो नेपालमा रहेको क्वारेन्टाइनको क्षमतामा प्रदेश ५ अब्वल रहेको बताउनु भयो

प्रदेश पाँचमा क्वारेन्टाईमा रहेको व्यक्तिको मुत्यु र क्वारेन्टाईनमा रहेकाहरु भागिरहेको अवस्थाका बिषयमा भने मुख्यमन्त्री पोखरेलले बोल्नु भएन ।

उहांले भारतवाट आएकावाट प्रदेशमा कोरोना संक्रमित बढेको बताउंदै भारतबाट आएकाहरु कै कारण संक्रमितको संख्या बढेको बताउनु भयो ।
प्रदेशमा भारतवाट आएका र तिनको व्यवस्थापनमा लागेकाहरुलाई कोरोना संक्रमित देखिएको उहांको भनाई थियो ।
प्रदेशमा कोरोना संक्रमित देखिएकाहरुमा कोरोनाको लक्षण नदेखिने तर स्वाब परिक्षण पोजेटिभ आउने गरेकाले पनि चुनौति थपिएको पोखरेलले बताउनुभयो ।

प्रदेशको आर्थिक मामिला मन्त्रालय समेत सम्हालेका मन्त्री पोखरेलले यो वर्ष वजेटमा नयाँ कार्यक्रम ल्याउने भन्दा पनि वर्तमान असहज परिस्थितीलाई कसरी समाधान गर्ने भन्ने विषयमा केन्दित रहने जानकारी दिनुभयो । उहांले प्रदेशमा कोभिड १९ को परिक्षणको दायरा बढाउने र संक्रमितलाई विशेष आईसोलेशन अस्पतालमा व्यवस्थित रुपमा उपचार गर्ने गरि कार्य भैरहेको जानकारी गराउनुभयो ।

बैठकमा उद्योग मन्त्री लिला गिरीले वजार नियमन तथा प्रतिस्पर्धा प्रवर्धन व्यवस्था गर्न बनेको विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो । अर्को बैठक बुधवार बस्नेछ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ६ : २९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं