२७ असार २०८३, शनिबार | July 11, 2026

संक्रमण पुष्टी भएर पनि संगै राखेपछि दैलेखमा क्वारेन्टाइनबाटै फरार



दैलेख । क्वारेन्टाइनमा रहेका केहिलाई कोरोना संक्रमण पुष्टी भएपछि पनि अन्यत्र नसारीएपछि दैलेख सदरमुकाम स्थित एक क्वारेन्टिनमा रहेकाहरु क्वारेन्टाइन छाडेर निस्केका छन् ।

नारायण नगरपालिकाको नारायण क्याम्पसमा राखिएका नागरिकहरुले सोमबार क्वारेन्टाइन छाडेका हुन् ।

२ दिन अघि पुष्टी भएका १७ जना र त्यसपछि पुष्टी भएका थप १७ जनालाई संक्रमण पुष्टी भएपछि पनि सोहि क्वारेन्टाईनमा राखिए पछि क्वारेन्टाईनमा रहेका अन्य क्वारेन्टाइन छाडेर निस्केका हुन् ।

१०५ जनाको क्षमता भएको क्याम्पसमा भारतबाट आएका २१९ जनालाई राखिएको थियो ।

यता प्रहरीले भने क्वारेन्टाइन छाडेर बाहिर निस्केकालाई पुन क्वारेन्टाइनमै राखिएको बताएको छ ।

पछिल्लो २ हप्ता देखि दैलेखमा मजदुरीको लागि भारत गएका नागरिकहरु ठूलो संख्यामा भित्रिएका छन् । हाल नारायण नगरपालिकामा मात्रै १ हजार ४ सय बढी भारतबाट आएका स्थानीय बिभिन्न क्वारेन्टाइनमा बस्दै आएका छन् ।

भारतबाट आउने क्रम नरोकिएकोले व्यवस्थापनमा कठिनाइ भएको मेयर रत्नबहादुर खड्काको भनाइ छ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ८ : ३१ बजे

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका