१ आश्विन २०८३, बिहिबार | September 18, 2026

पर्वतमा पहिलो पटक देखिए ६ जना कोरोना संक्रमित, स्याङ्जामा थपिए ५ जना



पोखरा । अहिलेसम्म कोरोना भाइरसको संक्रमणले नछोएको पर्वत पनि कोरोना संक्रमित जिल्लाको सूचिमा समावेश भएको छ ।
गण्डकी प्रदेशको पर्वतका ६ जनामा संक्रमण देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहानै विज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।

पर्वतको फलेवासस नगरपालिका घर भएका २० र ४० वर्षीय २ पुरुष र महाशिला गाउँपालिका ठेगाना भएका १९, २० र २१ का ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देश्क विनोदविन्दु शर्माले जनाउनुभएको छ ।

पर्वत सदरमुकाम कुस्माको क्वारेन्टिनमा बसिरहेका संक्रमितहरुलाई जिल्ला अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।
यस्तै, स्याङ्जामा थप संक्रमित देखिएका छन् । चापाकोट नगरपालिकाका २२, २६, ३२ र ४० वर्षका पुरुषलाई संक्रमण देखिएको छ । उनीहरु सोही नगरपालिकाको क्वारेन्टिनमा बसिरहेका थिए । यस्तै, बिरुवा गाउँपालिका निवासी २० वर्षीय पुरुषलाई पनि कोरोना पुष्टि भएको छ । उनी पनि आफ्नै गाउँपालिकको क्वारेन्टिमा बसिरहेका थिए ।

यससँगै गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित पुगेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ७ : ११ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा