४ जेष्ठ २०८२, आइतबार | May 19, 2025

कोरोना भाइरसको ‘हटस्पट’ नरैनापुर सामान्य बन्दै



नेपालगन्ज । २ साता पहिले सम्म नेपालमै ठुलो संक्रमण फैलिएको गांउकारुपमा चिनिएको बांकेको नरैनापुर बिस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ । गांउका ९ सय ७८ जनालाई क्वारेन्टाइनमा राखिएकोमा १ सय १६ जनामा संक्रमण पुष्टी भएपछि नरैनापुरलाई कोरोनाको इपि सेण्टरकै रुपमा चित्रित गरिएको थियो ।

१५ बिद्यालयमा बनाईएको क्वारेन्टाइनबाट ९७८ जनाले सेवा लिएको नरैनापुरमा ७ सय ९ जना कोरोना परिक्षण नेगेटिभ आएपछि घर पुगेकाछन् भने नरैनापुरकै क्वारेन्टाइनमा संक्रमित भेटिएर आइसोलेसनमा बसेका ३ जना संक्रमण मुक्त भएर घर पुगिसकेकाछन् । क्वारेन्टाइनबाट संक्रमित भगाउने देखि संक्रमित लिन गएको एम्बुलेन्स र सुरक्षाकर्मीलाई गांउ पस्न नदिने गांउकारुपमा पनि बदनामी कमाएको नरैनापुरमा स्थानीय प्रशासनले निषेधाज्ञा सहित सेना परिचालन गरेपछि बिस्तारै सामान्य हुंदै गएको हो ।

१५ वटा क्वारेन्टाइन भरीभराउ रहेको गांउमा अहिले ५ क्वारेन्टाइनमा १ सय ५३ जनाको मात्र क्वारेन्टाइन बसाई चलिरहेको छ । गांउलेले पनि पछिल्लो समय स्वास्थ्यकर्मी र सुरक्षा निकायलाई सहयोगिकारुपमा लिने गरेको स्वास्थ्य कार्यालय बांकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठ बताउंछन् । हटस्पटका रुपमा रहेको नरैनापुर बिस्तारै समान्य अवस्थामा फर्कन थालेको फोकल पर्शन श्रेष्ठको भनाई छ ।

झुल र सिरानीका भरमा ४२ डिग्रीको तापक्रममा टिनको छानामुनी बसेरै पनि नरैनापुरका स्थानीयले क्वारेन्टाइएन अवधि पुरा गरेका हुन् । ४ दिन अगाडी नरैनापुर अनुगमन गर्न पुगेका बांकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले क्वारेन्टाइन जेल जस्तो भएकाले स्थानीय क्वारेन्टाइन बस्न नमानेको निश्कर्ष निकालेका थिए । क्वारेन्टाइनमा ईन्टरनेट, मनोरन्जनका साधन र अन्य सुबिधा दिनेहो भने क्वारेन्टाइनबाट स्थानीय नभाग्ने प्रजिअ कुरुम्वाङको बिश्वास छ ।

भारतमा कोरोना महामारी सुरु भएसंगै नरैनापुरमा फाट्टफुट्ट नेपालीहरु घर फर्कन थालेका थिए । भारतले लकडाउन खुकुलो बनाउंदै रेलसेवा सुरु गरेपछि नेपालीहरु हुर्रीएर फर्कन थाले र नरैनापुरमा पनि हरेक दिन भिड लगाएर भारतबाट भित्रनेको अभियान चल्यो । यसरी फर्किनेहरूमा कोरोना महामारी फैलिएको महाराष्ट्र, दिल्लीबाट आएकाहरू थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  २ : ३१ बजे

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म