२६ असार २०८३, शुक्रबार | July 10, 2026

कोरोना भाइरसको ‘हटस्पट’ नरैनापुर सामान्य बन्दै



नेपालगन्ज । २ साता पहिले सम्म नेपालमै ठुलो संक्रमण फैलिएको गांउकारुपमा चिनिएको बांकेको नरैनापुर बिस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ । गांउका ९ सय ७८ जनालाई क्वारेन्टाइनमा राखिएकोमा १ सय १६ जनामा संक्रमण पुष्टी भएपछि नरैनापुरलाई कोरोनाको इपि सेण्टरकै रुपमा चित्रित गरिएको थियो ।

१५ बिद्यालयमा बनाईएको क्वारेन्टाइनबाट ९७८ जनाले सेवा लिएको नरैनापुरमा ७ सय ९ जना कोरोना परिक्षण नेगेटिभ आएपछि घर पुगेकाछन् भने नरैनापुरकै क्वारेन्टाइनमा संक्रमित भेटिएर आइसोलेसनमा बसेका ३ जना संक्रमण मुक्त भएर घर पुगिसकेकाछन् । क्वारेन्टाइनबाट संक्रमित भगाउने देखि संक्रमित लिन गएको एम्बुलेन्स र सुरक्षाकर्मीलाई गांउ पस्न नदिने गांउकारुपमा पनि बदनामी कमाएको नरैनापुरमा स्थानीय प्रशासनले निषेधाज्ञा सहित सेना परिचालन गरेपछि बिस्तारै सामान्य हुंदै गएको हो ।

१५ वटा क्वारेन्टाइन भरीभराउ रहेको गांउमा अहिले ५ क्वारेन्टाइनमा १ सय ५३ जनाको मात्र क्वारेन्टाइन बसाई चलिरहेको छ । गांउलेले पनि पछिल्लो समय स्वास्थ्यकर्मी र सुरक्षा निकायलाई सहयोगिकारुपमा लिने गरेको स्वास्थ्य कार्यालय बांकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठ बताउंछन् । हटस्पटका रुपमा रहेको नरैनापुर बिस्तारै समान्य अवस्थामा फर्कन थालेको फोकल पर्शन श्रेष्ठको भनाई छ ।

झुल र सिरानीका भरमा ४२ डिग्रीको तापक्रममा टिनको छानामुनी बसेरै पनि नरैनापुरका स्थानीयले क्वारेन्टाइएन अवधि पुरा गरेका हुन् । ४ दिन अगाडी नरैनापुर अनुगमन गर्न पुगेका बांकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले क्वारेन्टाइन जेल जस्तो भएकाले स्थानीय क्वारेन्टाइन बस्न नमानेको निश्कर्ष निकालेका थिए । क्वारेन्टाइनमा ईन्टरनेट, मनोरन्जनका साधन र अन्य सुबिधा दिनेहो भने क्वारेन्टाइनबाट स्थानीय नभाग्ने प्रजिअ कुरुम्वाङको बिश्वास छ ।

भारतमा कोरोना महामारी सुरु भएसंगै नरैनापुरमा फाट्टफुट्ट नेपालीहरु घर फर्कन थालेका थिए । भारतले लकडाउन खुकुलो बनाउंदै रेलसेवा सुरु गरेपछि नेपालीहरु हुर्रीएर फर्कन थाले र नरैनापुरमा पनि हरेक दिन भिड लगाएर भारतबाट भित्रनेको अभियान चल्यो । यसरी फर्किनेहरूमा कोरोना महामारी फैलिएको महाराष्ट्र, दिल्लीबाट आएकाहरू थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  २ : ३१ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी