१३ श्रावण २०८३, बुधबार | July 29, 2026

चिकित्सक संघको आन्दोलन दोस्रो दिन पनि जारी, आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प



काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीलाई कारबाही गर्न सरकार गम्भीर नदेखिएको भन्दै आज पनि देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ ।

संघले मंगलबारदेखि आन्दोलन सुरु गर्दै आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा स्थगित गरेको थियो। आन्दोलन आज दोस्रो दिन पनि निरन्तर रहने जनाएको छ ।

संघका अनुसार घटना भएको चार दिन बितिसक्दा पनि दोषीविरुद्ध कानुनबमोजिम मुद्दा दर्ता गरी कारबाही गरिएको छैन । पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि नै अन्याय भएको तथा वार्ताका लागि गएका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको आरोप संघले लगाएको छ । यस्तो व्यवहारलाई संघले निन्दनीय र दुःखद भनेको छ ।

घोषित कार्यक्रमअनुसार आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द रहनेछन् । काठमाडौं उपत्यकाका चिकित्सक तथा स्वास्थ्यकर्मी बिहान १० बजे माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गर्नेछन् ।

त्यसैगरी, काठमाडौं उपत्यकाबाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, साथै आफू कार्यरत स्वास्थ्य संस्थामा धर्ना दिएर विरोध जनाउने कार्यक्रम तय गरिएको छ ।

नेपाल चिकित्सक संघले विशेषज्ञ चिकित्सकका संस्था, निजी स्वास्थ्य संस्थाका संगठन, स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्था तथा सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ ।

संघले आन्दोलनका कारण सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै त्यसको जिम्मेवारी नेपाल सरकारको हुने स्पष्ट पारेको छ ।

यसैबीच, नारायणी अस्पतालमा कार्यरत ८० चिकित्सकमध्ये ७१ जनाले मंगलबार सामूहिक राजीनामा दिएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ८ : २७ बजे

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०

चिकित्सक संघको आन्दोलन दोस्रो दिन पनि जारी, आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा