२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कोरोनाबाट मृत्यु भएकाको शव बोक्न प्रदेश ५ सरकारले २ शव बहान खरिद गर्ने



बुटवल । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव बोक्न एम्बुलेन्स चालकहरु नमाने पछि प्रदेश ५ सरकारले आफै शव बाहन खरिद गर्ने भएको छ । बांके र बुटवलमा मृत्यु भएका २ जनामा कोरोना पुक्ष्टी भएपछि शव बाहन नहुंदा दाह संस्कारमा समस्या परेपछि प्रदेश सरकारले शव बहान खरिद गर्ने निर्णय गरेको हो ।

प्रदेश ५ मन्त्रिपरिषदको बैठकले बांके स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल र दाङको तुलसीपुर स्थित राष्ट्रिय आयुर्बेदीक केन्द्रमा संचालित कोरोना अस्पतालमा प्रयोग हुने गरि शव बाहन खरिद गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमितको शव दाहसंस्कार गर्ने कार्यबिधि आएपनि कतिपय स्थानहरुमा शव बोग्न एम्बुलेन्स प्रयोग गर्नुपर्ने अवस्था आएको थियो ।

मन्त्रिपरिषदको निर्णय सार्वजानिक गर्दै प्रदेश सरकारका प्रवक्ता भौतिक पुर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले शव बाहन खरिदका लागि १५, १५ लाख छुट्याईएको जानकारी दिनु भयो । अस्पतालका लागि शव बाहन प्रयोग भएपनि शव बहानको रेखदेख र नियमित संचालन बांकेमा नेपालगन्ज उपमहानगरपालिका र दाङमा तुलसीपुर उपमहानगर पालिकाले गर्ने गरि ब्यवस्था मिलाईएको मन्त्री चौधरीले बताउनु भयो ।

प्रदेश सरकारले कोरोना भाइरस उपचारको कोषको खर्च गर्ने कार्यबिधि संशोधन समेत गरेको प्रवक्ता चौधरीले बताउनु भयो । मन्त्रि परिषदले प्रदेश ५ मा छिमेकी मुलुकबाट फर्केका नेपाली तथा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको गतिबिधिलाई संप्रेषण गर्न आन्तरिक मामीला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको मन्त्री चौधरीले बताउनु भयो ।

बैठकमा प्रदेश ५ सरकारले धेरै राम्रा काम गरेर पनि आम जनतामा पुग्न नसकेको भन्दै मुख्य मन्त्रीले असन्तुष्टि प्रकट गर्नुभएको बैठमा सहभागि एक मन्त्रीले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ५ : १६ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष