४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

कोरोनाबाट मृत्यु भएकाको शव बोक्न प्रदेश ५ सरकारले २ शव बहान खरिद गर्ने



बुटवल । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव बोक्न एम्बुलेन्स चालकहरु नमाने पछि प्रदेश ५ सरकारले आफै शव बाहन खरिद गर्ने भएको छ । बांके र बुटवलमा मृत्यु भएका २ जनामा कोरोना पुक्ष्टी भएपछि शव बाहन नहुंदा दाह संस्कारमा समस्या परेपछि प्रदेश सरकारले शव बहान खरिद गर्ने निर्णय गरेको हो ।

प्रदेश ५ मन्त्रिपरिषदको बैठकले बांके स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल र दाङको तुलसीपुर स्थित राष्ट्रिय आयुर्बेदीक केन्द्रमा संचालित कोरोना अस्पतालमा प्रयोग हुने गरि शव बाहन खरिद गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमितको शव दाहसंस्कार गर्ने कार्यबिधि आएपनि कतिपय स्थानहरुमा शव बोग्न एम्बुलेन्स प्रयोग गर्नुपर्ने अवस्था आएको थियो ।

मन्त्रिपरिषदको निर्णय सार्वजानिक गर्दै प्रदेश सरकारका प्रवक्ता भौतिक पुर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले शव बाहन खरिदका लागि १५, १५ लाख छुट्याईएको जानकारी दिनु भयो । अस्पतालका लागि शव बाहन प्रयोग भएपनि शव बहानको रेखदेख र नियमित संचालन बांकेमा नेपालगन्ज उपमहानगरपालिका र दाङमा तुलसीपुर उपमहानगर पालिकाले गर्ने गरि ब्यवस्था मिलाईएको मन्त्री चौधरीले बताउनु भयो ।

प्रदेश सरकारले कोरोना भाइरस उपचारको कोषको खर्च गर्ने कार्यबिधि संशोधन समेत गरेको प्रवक्ता चौधरीले बताउनु भयो । मन्त्रि परिषदले प्रदेश ५ मा छिमेकी मुलुकबाट फर्केका नेपाली तथा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको गतिबिधिलाई संप्रेषण गर्न आन्तरिक मामीला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको मन्त्री चौधरीले बताउनु भयो ।

बैठकमा प्रदेश ५ सरकारले धेरै राम्रा काम गरेर पनि आम जनतामा पुग्न नसकेको भन्दै मुख्य मन्त्रीले असन्तुष्टि प्रकट गर्नुभएको बैठमा सहभागि एक मन्त्रीले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ५ : १६ बजे

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका

बुटवलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणका लागि उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

बुटवल । बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरबीच ज्येष्ठ

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित, आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका

नेपाल-लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत