४ पुस २०८२, शुक्रबार | December 19, 2025

म्याग्दीको क्वारेन्टाइनमा बसेका युवा खोलामा बेपत्ता



म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ स्थित छ्यारछ्यारेमा रहेको क्वारेनटाइनमा बसेका एक युवा मंगलवार खोलामा पौडी खेल्ने क्रममा नदीले बगाएर वेपत्ता भएका छन् ।

क्वारेनटाइन नजीकै रहेको म्याग्दी खोलामा पौडी खेल्न गएका धवलागिरी गाउँपालिका–७ धारापानीका १९ बर्षीय राजेश थापालाई नदीले बगाएको हो ।

दिउँसो क्वारेन्टाइनको सुरक्षार्थ खटिएका प्रहरीलाई झुक्याएर नदीमा पौडी खेल्न पुगेका युवालाई नदीले बगाएर वेपत्ता बनाएपछि खोजी कार्यलाई तिब्र पारिएको इलाका प्रहरी कार्यालय दरबाङका निमित्त इन्चार्ज बलराम पौडेलले जानकारी दिनुभयो ।

क्वारेन्टाइन रहेको छ्यारछ्यारेदेखि निस्कोट जाने झोलुङ्गे पुल छेउबाट ती युवा पौडी खेल्नको लागि नदीमा पसेको पाईएको प्रहरीले जनाएको छ । भारतबाट आएका युवाहरुमध्ये मालिकाका १७ जना र धौलागिरी गाउँपालिकाका १ जना गरी १८ जनालाई उनीहरुको पीसीआर रिपोर्ट नेगेटीभ आएपछि बेनीको क्वारेन्टाइनबाट मालिका गाउँपालिकाको क्वारेनटाइनमा सारिएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ५ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको