२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

म्याग्दीको क्वारेन्टाइनमा बसेका युवा खोलामा बेपत्ता



म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ स्थित छ्यारछ्यारेमा रहेको क्वारेनटाइनमा बसेका एक युवा मंगलवार खोलामा पौडी खेल्ने क्रममा नदीले बगाएर वेपत्ता भएका छन् ।

क्वारेनटाइन नजीकै रहेको म्याग्दी खोलामा पौडी खेल्न गएका धवलागिरी गाउँपालिका–७ धारापानीका १९ बर्षीय राजेश थापालाई नदीले बगाएको हो ।

दिउँसो क्वारेन्टाइनको सुरक्षार्थ खटिएका प्रहरीलाई झुक्याएर नदीमा पौडी खेल्न पुगेका युवालाई नदीले बगाएर वेपत्ता बनाएपछि खोजी कार्यलाई तिब्र पारिएको इलाका प्रहरी कार्यालय दरबाङका निमित्त इन्चार्ज बलराम पौडेलले जानकारी दिनुभयो ।

क्वारेन्टाइन रहेको छ्यारछ्यारेदेखि निस्कोट जाने झोलुङ्गे पुल छेउबाट ती युवा पौडी खेल्नको लागि नदीमा पसेको पाईएको प्रहरीले जनाएको छ । भारतबाट आएका युवाहरुमध्ये मालिकाका १७ जना र धौलागिरी गाउँपालिकाका १ जना गरी १८ जनालाई उनीहरुको पीसीआर रिपोर्ट नेगेटीभ आएपछि बेनीको क्वारेन्टाइनबाट मालिका गाउँपालिकाको क्वारेनटाइनमा सारिएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ५ : २६ बजे

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका