१० चैत्र २०८१, आइतबार | March 24, 2025

भारतबाट फर्केका नेपालीको आफ्नै पेशा व्यवसाय गर्ने चाहना



बुटवल । प्रदेश ५ सरकारले वैदेशिक रोजगारीबाट कोरोनाका कारण प्रदेशमा फर्केका नागरिकको सर्वेक्षण गर्न खोजेपनि फर्किएका नेपालीहरुले प्रदेश सरकारको प्रयासलाई बेवास्ता गरिदिएकाछन् ।

प्रदेश सरकारको योजना आयोगले एप मार्फत स्वदेश फर्केका नेपालीको संख्या, उनीहरुको दक्षता, काम गर्ने चाहना, फेरी बिदेश फर्कने वा नेपाल मै बस्न ईच्छा जस्ता प्रश्नावली बनाएर उनीहरुको तथ्यांक बुझ्न खोजेको थियो, तर स्वदेश फर्केका अत्यन्त कम नागरिकले एपमा सहभागिता जनाएपछि प्रदेश योजना आयोगलले बनाउन खोजेको कार्यक्रम नै तथ्यपरक बन्न नसक्ने भएको छ ।

प्रदेश नं ५ बाट करिब ७ लाख जनता भारत लगायतका देशमा वैदेशिक रोजगारीमा गएको प्रदेश योजना आयोगले अनुमान गरेपनि केहि दिन अघि प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको तथ्यांकमा बैशाख महिनामा नै ३ लाख बढी भारतबाट मात्र भित्रिएको उल्लेख गरेको थियो । बैशाख यता त्यतिनै संख्यामा भारतबाट नेपाली भित्रिएको अनुमान गर्दा योजना आयोगको अनुमान गलत साबित हुने देखिन्छ ।

वैदेशिक रोजगारीबाट फर्केका ठूलो संख्याको युवा जनशक्तिलाई आयआर्जनको अवसर प्रदान गर्नुपर्ने चुनौती रहेको भन्दै विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई प्रयोग गरी प्रदेशको विकास गर्नसक्ने अवसर दिन सर्वेक्षण गरेको भएपनि फर्केका नागरिकहरुले नै सरकारको अभियानमा सहभागिता नजनाएपछि सरकारी योजना फेल खाने निश्चित भएको छ ।

प्रदेश योजना आयोगले वैदेशिक रोजगारीमा गएकाहरू कुन कुन देशमा गएका छन्, स्थानीय तहअनुसारको वितरण कस्तो छ, कुन क्षेत्रमा काम गर्दैछन्, फर्केपछि व्यवसाय वा जागिर केमा आबद्ध हुन चाहन्छन् भन्ने विषयको खोजि गरेको थियो ।

प्रदेश सूचना तथा संचार प्रविधि प्रतिष्ठानको प्राविधिक सहयोगमा गरिएको सर्वेक्षण विश्वभरबाट भर्न सकिने गरी अनलाइन report.p5.gov.np मा व्यवस्था गरिएपनि जम्मा १ हजार ३३० जनाले मात्र सहभागिता जनाएको प्रदेश योजना आयोगका सदस्य डा। बिष्णु गौतमले बताएका छन् । १३ लाख नागरिकसम्म एप पुगेको ६ लाखले क्लीक गरेको भएपनि १ हजार ३ सय जनाले मात्र एपमा सहभागिता जनाएका थिए ।

योजना आयोगका अनुसार एपमा परिचयात्मक प्रश्नावली, कोभिड–१९ विषेष प्रश्नावलीहरू, जागिर र रोजगारी रोज्नेका लागि प्रश्नावलीहरू तथा पेशा र व्यवसाय रोज्नेका लागि प्रश्नावलीहरू समावेश गरिएका थिए ।

सर्वेक्षणमा सहभागीहरूमध्ये ५१% भन्दा धेरै भारतबाट फर्केका सहभागि भएको सदस्य डा। गौतमले बताए । सर्वेक्षणका अनुसार वैदेशिक रोजगारीमा गएकाहरूमध्ये ६०% जति स्थायी रूपमै नेपाल फर्कने मानसिकतामा रहेको पाईएको छ। कोभिड–१९ हुनुअघि विदेशमा गरेको पेशाअनुसार होटेल, रेष्टुरेन्ट र सेवाक्षेत्रमा ६२%, निर्माण र कारखानामा २१% र व्यापार व्यवसायमा ९% संलग्न भएको देखिएको छ ।

फर्केपछि ७४% जनताले पेशा व्यवसाय गर्ने र २३% ले मात्र जागिर गर्ने विचार व्यक्त गरेको सर्वेक्षणले देखाएको छ। यसअर्थमा रोजगारी सिर्जनाका अतिरिक्त पेशा व्यवसाय गर्न सहजीकरण गरिदिनेतर्फ प्रदेश सरकारले धेरै ध्यान दिनुपर्ने देखिएको छ ।
जागिर गर्न चाहनेमध्ये ४३% ले होटेल, रेष्टुरेन्ट, सेवा क्षेत्र रोजेका छन् भने १८% ले निर्माण तथा कारखाना क्षेत्र, १६% ले कृषि क्षेत्र र ११% ले व्यापार तथा व्यवसाय क्षेत्रमा काम गर्ने सोच व्यक्त गरेका छन्। जागिर खोजेकामध्ये ५६% जनताले मासिक २० देखि ४० हजारसम्म रुपैयाँको तलबको अपेक्षा गरेका छन्। निश्चित तालिम र प्रशिक्षण दिई २० देखि ४० हजार तलब पाउने गरी प्रदेश सरकारले निर्माण क्षेत्र र कृषि क्षेत्रमा उल्लेख्य रोजगारी सिर्जना गर्नुपर्ने देखिन्छ।

पेशा व्यवसाय गर्ने सोच बनाएका मध्ये ४६% ले कृषि तथा पशुपालन सम्बन्धी पेशा व्यवसाय गर्ने सोच बनाएका छन् भने २४% ले व्यापार तथा व्यवसाय क्षेत्र र २२% ले होटेल, रेष्टुरेन्ट र सेवा क्षेत्रमा पेशा व्यवसाय गर्ने सोच बनाएका छन्। ४५% सहभागीले स्वरोजगार हुने र ४३% ले १ देखि ५ जनालाई रोजगारी दिने सोच व्यक्त गरेकोले धेरैजसो व्यक्तिहरू घरेलु प्रकृतिका कृषि र साना उद्यममा केन्द्रित हुने देखिन्छ। सबैभन्दा धेरैले सहुलियतपूर्ण ऋणको अपेक्षा गरेका छन् र त्यसपछि तालिम प्रशिक्षण र प्राविधिक सहयोगको अपेक्षा गरेका छन्।

एपमा छान्ने विकल्प हुँदाहुँदै पनि सहभागिहरुले अनुदानलाई कम प्राथमिकता दिएको प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर ईश्वर गौतमले जानकारी दिए। उनले प्रदेश सरकारले अनुदानमा जोड दिनुको सट्टा सहुलियतपूर्ण ऋणमा जोड दिनुपर्ने र कृषि तथा पशुपालनको क्षेत्रमा तालिम, प्रशिक्षण र प्राविधिक सहयोग उपलब्ध गराउन केन्द्रित हुनुपर्ने सल्लाह दिएकाछन् ।

भारतबाट हजारौंको संख्यामा अहिले पनि जनताहरू फर्किरहेको र क्वारेन्टाइनमा बसेको हुँदा यो सर्वेक्षण ती व्यक्तिहरूसम्म अभियानको रूपमा पुर्याूउन सकिएमा अति उपयोगी हुने देखिन्छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ६ : ३६ बजे

नेपाल र चीनका पर्यटन व्यवसायीबीच ‘व्यवसायिक साझेदारी बैठक’

सिचुवान । पोखरा र चीनको सिचुवान प्रान्तको छोङछिङ नगरका पर्यटन

स्थानीयतहको विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन पत्रकार महासंघकको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले स्थानीय विज्ञापन स्थानीय

डाँफे कप फुटबल : भिलेज होप डुडुवा विजयी

खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढ रहने कांग्रेस कार्यसम्पादन समितिको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले नेपालको संविधान र संविधानमा आधारित सङ्घीय