१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

भारतीय रक्षामन्त्री सिंहले भने नेपालसँगको सम्बन्धलाई कुनै पनि हालतमा बिगार्न चाहन्‍नौं



काठमाडौं। भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्धलाई कुनै पनि हालतमा बिगार्न नचाहेको बताएका छन ।

पछिल्लो समयमा नेपाल भारतवीचको सम्वन्धमा चिसोपन आउदै गर्दा भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्धलाई कुनै पनि हालतमा बिगार्न नचाहेको बताउदै नेपालसँगको सीमा विवाद वार्ताबाटै हल गर्न सकिने दोहोर्‍याएका छन् ।

रक्षामन्त्री सिंहले भारतीय टेलिभिजन च्यानल सीएनएन न्युज १८ लाई मंगलबार दिएको अन्तर्वार्तामा ‘नेपालसँगको सम्बन्ध सधैं दाजुभाइको जस्तो रहेको उल्लेख गर्दै कहिलेकाहीँ दाजुभाइमा मतभेद देखिनु स्वाभाविक भएको बताएका हुन ।

यसअघि गत शनिबार भारतीय टीभी च्यानल आजतकसँगको अन्तर्वार्तामा पनि उनले नेपाल र भारतबीच लिपुलेकलगायत सीमा विवाद वार्ताबाट समाधान गर्न सकिने बताएका थिए ।

‘हाम्रो नेपालसँगको सम्बन्ध दाजुभाइको जस्तो हो, परिवारमा दुई दाजुभाइबीच कहिलेकाहीँ मुखामुख हुन्छ, त्यो ठूलो कुरा होइन र सँगै बसेर छलफल गरेपछि हल निस्किहाल्छ,’ सीएनएन न्युज १८ सँग मन्त्री सिंहले भनेका छन् । उनले सीमासम्बन्धी विवाद छलफलबाटै टुंगिने विश्वास व्यक्त गरे । ‘कुनै पनि समस्या सँगै बसेपछि नसुल्झिने भन्ने छैन ।

हामी सीमा विवाद पनि वार्ताबाट हल गर्नेछौं,’ उनले भने । भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंक ट्रयाकको उद्घाटन गरेपछि दुवै छिमेकीबीच सीमाको विषय चुलिएको छ । उक्त ट्रयाकको उद्घाटन रक्षामन्त्री सिंहले नै गरेका थिए । उक्त सडक नेपालको भूमिमा निर्माण गरिएकाले व्यापक विरोध हुँदै आएको छ । नेपाल सरकारले पनि भारतसमक्ष औपचारिक रूपमै विरोध जनाइसकेको छ ।

अन्तर्वार्ताका क्रममा ‘नेपालले चीनको इसारामा त नक्साको विवाद झिकेको होइन ? ’ भन्ने प्रश्नमा रक्षामन्त्री सिंहले नेपाललाई कुनै आरोप लगाउने पक्षमा आफू नभएको बताए । ‘कुनै आरोप÷प्रत्यारोप गर्न चाहन्नँ । सम्बन्धलाई हामी कुनै पनि हालतमा बिगार्न चाहन्नौं’ उनले भने । लिपुलेक सडकलाई लिएर नेपालले औपचारिक विरोध जनाएपछि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालले चीनको इसारामा विरोध गरेको अभिव्यक्ति दिएका थिए ।

मन्त्री सिंहले नेपालप्रति कुनै पनि भारतीयको मनमा कटुता नरहेको र त्यस्तै नेपालीको मनमा समेत नरहेको भन्दै दुई देशबीच भावनात्मक सम्बन्ध रहेको बताए । सीमाको विषयलाई लिएर नेपालले तत्काल वार्तामा बस्नका लागि भारतलाई आग्रह गर्दै आएको छ । सीमा समस्या समाधानका लागि गठित विदेश सचिवस्तरीय संयन्त्रको बैठकका लागि तयार हुनसमेत भारतलाई औपचारिक रूपमा आग्रह गरिसकेको छ । तर भारतले वार्ताबारे ठोस जवाफ दिएको छैन ।

उसले कहिले कोभिड–१९ को महामारी नियन्त्रणपछि वार्ता गर्न सकिने बताउँदै आएको छ । नेपालले सडक उद्घाटनको विरोध गर्दा नै चाँडै द्विपक्षीय बैठक डाक्न आग्रह गरिएको थियो ।

भारतले सडक उद्घाटन गरेपछि नेपालले भने सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाएर लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । भारतले नेपालद्वारा जारी नयाँ नक्सालाई मान्यता नदिने बताउँदै द्विपक्षीय वार्ताका लागि वातावरण बनाउन आग्रह गरेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  १० : ०० बजे

निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने

रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा

लोपोन्मुख वनकरिया भन्छन्, ‘लालपुर्जा दिलाउनेलाई मत दिन्छौँ’

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-४ टवाङ्ग्राखोला छेउको लोपोन्मुख वनकरिया बस्तीका