१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी



काठमाडौं । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र २५ गते आयोजित यात्रासम्बन्धी प्रदर्शनीमा नेपाल सहभागी भएको छ ।

प्रदर्शनीमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी विविध सामग्री समावेश गरिएको थियो । प्रदर्शनीस्थलमा आएका जिज्ञासुहरूलाई ती सामग्री वितरण पनि गरिएको ओटावास्थित नेपालको राजदूतावासले जनाएको छ ।

प्रदर्शनीमा नेपालको पर्यटनबारे जानकारी दिने प्रवर्द्धनात्मक भिडियो प्रस्तुत गरिएको थियो भने नेपालबाट निर्यात हुने चिया, कफी, पस्मिनाका सल, हस्तकलाका सामग्री राखिएका थिए । प्रदर्शनीमा नेपालको विविधता झल्कने सांस्कृतिक एवं कलात्मक प्रस्तुति पनि समावेश गरिएको थियो ।

नेपालको प्रदर्शनीस्थलमा आएका धेरै आगन्तुकले नेपालका पर्यटकीय गन्तव्य, भ्रमण गर्ने उपयुक्त समय, नेपालको मौसम एवं तापक्रम र यहाँको भ्रमण गर्न उपयुक्त हुने यातायातका साधनबारे पनि जानकारी लिएका थिए ।

प्रदर्शनीमा यात्रा व्यवस्थापन गर्ने निकाय, होटल व्यवसायी, विमान कम्पनी, विभिन्न देशका यात्रा प्रवर्द्धक कम्पनी, ओटावास्थित विभिन्न देशका राजदूतावासले आफ्नो मुलुकका पर्यटकीय गन्तव्य एवं अन्य उत्पादनबारे सामग्री प्रस्तुत गरेका उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ८ : १२ बजे

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल