१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपाल दक्षिण एसियाकै ‘खुसी मुलुक’



काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ ।

नेटवर्कले शुक्रबार सार्वजनिक गरेको सन् २०२१ को ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’अनुसार खुसी मुलुकको सूचीमा नेपालले ५.२६९ अंकसहित ८७ औं स्थान प्राप्त गरेको हो ।

नेटवर्कले १ सय ४९ मुलुकका नागरिकसँग अन्तरक्रियाका माध्यमबाट खुसीको विषयमा विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेको हो । सन् २०२० मा नेपाल ९२ औं र २०१९ मा सयौं स्थानमा थियो ।

सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुसी हुने मुलुकमा सूचीकृत थियो । राष्ट्रसंघले कोभिड भाइरस महामारीपछि मनोवैज्ञानिक, सामाजिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ मुलुकमा अध्ययन गरेको थियो । कुल गार्हस्थ उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनका लागि आधार लिइएको थियो ।

भारत ३.८१९ अंक प्राप्त गरी १ सय ३९ औं र चीन ५.३३९ अंक प्राप्त गरी ८४ औं स्थानमा सूचीकृत भएका छन्। श्रीलंका ४.३२५ अंक ल्याएर १ सय २९ औं, पाकिस्तान ४.९३४ अंक प्राप्त गरी १ सय ५औं, बंगलादेश ५.२५ अंक प्राप्त गरी १ सय १ औं, मालदिभ्स ५.१९८ अंक प्राप्त गरी ८९ औं स्थानमा सूचीकृत भएका छन ।

‘जुन मुलुकका जनता आफ्नोपन महसुस गर्छन्, जहाँ विश्वास र खुसी बाँडिनुका साथै सार्वजनिक संस्थाप्रति भरोसा महसुस हुन्छ, त्यो मुलुक खुसियाली मुलुकमा सूचीकृत हुन्छन्,’ अध्ययनमा सहभागी संयुक्त राष्ट्रसंघका जोन हेलिवेलले भने । उनका अनुसार मुस्लिम समुदायप्रतिको घृणा, बेरोजगारी र सामाजिक विशृंखलताका कारण केही मुलुक बेखुसी मुलुकको सूचीमा परेका छन ।

फिनल्यान्ड संसारकै खुसी मुलुक

फिनल्यान्ड यो वर्ष पनि संसारकै खुसी मुलुकमा परेको छ । ७.८४२ अंक प्राप्त गरी फिनल्यान्ड १ नम्बरमा परेको हो । फिनल्यान्डका नागरिक सबैभन्दा बढी खुसी रहेको प्रतिवेदनले औंल्याएको छ ।

गत वर्ष विश्वभर कोभिड भाइरसको महामारीपश्चात् पनि फिनल्यान्डका नागरिक अन्य मुलुकको तुलनामा बढी खुसी रहेको अध्ययनका क्रममा भेटिएको जनाइएको छ । एकआपसप्रति विश्वास तथा सरकारप्रति पूर्ण भरोसाका कारण नागरिकमा खुसीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अन्य खुसी मुुलुकको अग्रस्थानमा डेनमार्क दोस्रो, स्विटजरल्यान्ड तेस्रो, आइसल्यान्ड चौथो, नेदरल्यान्ड पाँचौं, नर्वे छैटौं नम्बरमा छन । सबैभन्दा दुःखी मुलुकमा सार्क सदस्य राष्ट्र अफगानिस्तान सूचीकृत भएको छ । सबैभन्दा धनी राष्ट्रमध्ये एक अमेरिका भने खुसीयाली राष्ट्रको सूचीमा १९ औं नम्बरमा आउन सफल भएको छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : २६ बजे

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा प्रमाणपत्र वितरण

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत