७ आश्विन २०८३, बुधबार | September 23, 2026

विश्व बैंकद्वारा १२ अर्ब ऋण स्वीकृत



काठमाडौं । विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब १२ अर्ब उपलब्ध गराउने भएको छ ।

बैंकको कार्यकारी बोर्डले विकास नीति ऋणअन्तर्गत आज उक्त रकम नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो । नेपालको ऊर्जा क्षेत्रबाट प्राप्त हुने आर्थिक विकासका सम्भावनालाई दृष्टिगत गरी बैंकले नीतिगत प्रमुख विषय, नियमन तथा संस्थागत सुधार गर्न ऋण स्वीकृत गरेको वासिङ्टनडिसीस्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।

नेपालको अपार जलस्रोतको सर्वाधिक उपयोग गर्दै विद्युत्को क्षेत्रीय बजारमा बृहत् एकीकरण गर्न तथा नेपाल विद्युत् प्राधिकरणको वित्तीय क्षमता सुधार, प्राधिकरणको नियमन दायरा विस्तार, त्यसको स्वायत्तता, पारदर्शिता, जवाफदेहिता एवं पुनःसंरचनामा सघाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ४ : २१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज