१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

कोरोना उपचारका लागि ग्लोबल आइएमई बैकले दियो प्रदेश ५ सरकारलाई २५ लाख



काठमाडौं। कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा नागरिक स्तरबाट सहयोग आउने क्रम जारी रहेको छ ।

प्रदेश नम्बर ५ सरकारले गठन गरेको कोषमा बुधबार ग्लोबल आइएमई बैंकले राहत रकम जम्मा गरेको छ । बैकले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानका लागि भन्दै २५ लाख रुपैयाँ सहयोग गरेको हो ।

बुधबार मुख्यमन्त्री कार्यालयमा पुगेर बैंकको प्रदेश नं. ५का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई २५ लाख रकमको चेक हस्तान्तरण गर्नुभएको थियो।

त्यसअवसरमा मुख्यमन्त्री पोखरेलले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको सहयोग महत्वपूर्ण रहने बताउनुभयो । उहाँले सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिनुभयो ।

ग्लोबल आईएमई बैंकले यसअघि पनि पटकपटक सरकारी राहत कोषमा रकम जम्मा गर्दै आएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ८ : १९ बजे

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका