१४ चैत्र २०८२, शनिबार | March 28, 2026

बांकेमा लकडाउन खुकुलो बनाईयो, हप्ता भरी पालो गरेर सबै पसलहरु खुल्ला रहने



नेपालगन्ज । जिल्ला प्रवेश गरेसंगै निषेधाज्ञा लगाएका बांकेका प्रमुख जिल्ला अधिकारीले जारी लकडाउनलाई खुकुलो बनाउंदै लैजाने क्रम सुरु गरेकाछन् ।

स्थानीय उद्योगी ब्यवसायीहरुको माग तथा केहि स्थानमा ब्यवसायीक संस्थाहरुले लकडाउनका बिरुद्ध प्रदर्शन समेत गर्न थालेपछि बांकेमा लकडाउनलाई केहि खुकुलो बनाईएको छ ।

जिल्ला प्रशासन कार्यालय बांकेले आज प्रकाशन गरेको सुचनामा लकडाउनकै बिच अब बार अनुसार बिभिन्न पसल, व्यवसाय खोल्न दिईने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार बसेको सर्वदलीय बैठकले दिन तोकेर विभिन्न पसल, व्यवसाय खोल्न दिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सुचनामा अनुसार आईतबार र बुधबार मोबाईल इलेक्ट्रोनिक, स्टेशनरीर पुस्तक पसल, फोटो स्टुडियो, छापाखाना, फर्निचर र भाँडा पसल खोल्न पाउने छन् भने सोमबार र बिहिवार कपडा, फेन्सी, जुत्ता पसल, कास्मेटिक, चस्मा र गरगहना पसल खोल्न पाईने छ । त्यसैगरि मंगलबार र शुक्रबार अटो मोबाईल, कोल्ड स्टोर, जुस, मोटरसाईकल, साईकल र अन्य पसल खोल्न दिईने सूचनामा उल्लेख गरिएको छ ।

बैंक तथा बित्तीय संस्थाहरु सार्वजनिक बिदाको दिन बाहेक सबै दिन खोल्न सकिने प्रशासनको सुचनामा लेखिएको छ ।

सुचनामा अत्यावश्यक काम बाहेक ईरिक्सा, अटो र मोटरसाईकलको प्रयोगलाई नियन्त्रण गर्ने, सामाजिक दुरी कायम गर्दै, मास्क र सेनिटाईजरको प्रयोग अनिबार्य गर्ने लगायतका रहेका छन ।

औषधी पसल, दैनिक उपभोग्य सामाग्री, निर्माण सामाग्री, मलखाद र बिउ बीजन दैनिक रूपमा खुल्ने प्रशासनले ब्यवस्था गरेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  १० : २६ बजे

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर

ओली र लेखकको गिरफ्तारी गैरकानुनी रहेको एमालेको ठहर

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह