३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

बांकेमा लकडाउन खुकुलो बनाईयो, हप्ता भरी पालो गरेर सबै पसलहरु खुल्ला रहने



नेपालगन्ज । जिल्ला प्रवेश गरेसंगै निषेधाज्ञा लगाएका बांकेका प्रमुख जिल्ला अधिकारीले जारी लकडाउनलाई खुकुलो बनाउंदै लैजाने क्रम सुरु गरेकाछन् ।

स्थानीय उद्योगी ब्यवसायीहरुको माग तथा केहि स्थानमा ब्यवसायीक संस्थाहरुले लकडाउनका बिरुद्ध प्रदर्शन समेत गर्न थालेपछि बांकेमा लकडाउनलाई केहि खुकुलो बनाईएको छ ।

जिल्ला प्रशासन कार्यालय बांकेले आज प्रकाशन गरेको सुचनामा लकडाउनकै बिच अब बार अनुसार बिभिन्न पसल, व्यवसाय खोल्न दिईने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार बसेको सर्वदलीय बैठकले दिन तोकेर विभिन्न पसल, व्यवसाय खोल्न दिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सुचनामा अनुसार आईतबार र बुधबार मोबाईल इलेक्ट्रोनिक, स्टेशनरीर पुस्तक पसल, फोटो स्टुडियो, छापाखाना, फर्निचर र भाँडा पसल खोल्न पाउने छन् भने सोमबार र बिहिवार कपडा, फेन्सी, जुत्ता पसल, कास्मेटिक, चस्मा र गरगहना पसल खोल्न पाईने छ । त्यसैगरि मंगलबार र शुक्रबार अटो मोबाईल, कोल्ड स्टोर, जुस, मोटरसाईकल, साईकल र अन्य पसल खोल्न दिईने सूचनामा उल्लेख गरिएको छ ।

बैंक तथा बित्तीय संस्थाहरु सार्वजनिक बिदाको दिन बाहेक सबै दिन खोल्न सकिने प्रशासनको सुचनामा लेखिएको छ ।

सुचनामा अत्यावश्यक काम बाहेक ईरिक्सा, अटो र मोटरसाईकलको प्रयोगलाई नियन्त्रण गर्ने, सामाजिक दुरी कायम गर्दै, मास्क र सेनिटाईजरको प्रयोग अनिबार्य गर्ने लगायतका रहेका छन ।

औषधी पसल, दैनिक उपभोग्य सामाग्री, निर्माण सामाग्री, मलखाद र बिउ बीजन दैनिक रूपमा खुल्ने प्रशासनले ब्यवस्था गरेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  १० : २६ बजे

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको

आजको मौसम : यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग

मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता : आदर्श र धम्बोझी विजयी

नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप

गोप्य फोटो भिडियो बनाई बार्गेनिङ गर्ने २ जना पक्राउ

संखुवासभा । व्यक्तिगत गोपनिय फोटो र भिडियो बनाएर बार्गेनिङ गर्ने

बागलुङ जिप दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो

बागलुङ । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप