१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

गण्डकी प्रदेशमा थपिए १६ जना संक्रमित, बागलुङका मात्रै १० जना



पोखरा । बिहीबार बिहानै गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार बागलुङमा १० जना संक्रमित थपिएका छन् । यस्तै, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुष र निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन् ।

यस्तै, पर्वतको फलेबास नगरपालिकाका २१ वर्षका २ जना पुरुषलाई पनि कोरोना पुष्टि भएको छ । पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले विज्ञप्तिमा जनाउनुभएको छ । फलेवासमा यसअघि ५ जनालाई संक्रमण भैसकेको छ ।

यस्तै म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुष र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ७ : २८ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’